Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साउन २४ गते विश्व आदिवासी दिवस मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २१ २०८३
  • 893
    SHARES

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले यही साउन २४ गते ३२औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाउने भएको छ ।

महासङ्घले आज पत्रकार सम्मेलन गरेर ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकताः पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धतता’ अन्तरराष्ट्रिय नारा र ‘आदिवासी सुडेनीहरुको सुरक्षित जीवन र र कल्याणको रक्षा’ राष्ट्रिय नाराका साथ दिवस मनाउन लागिएको जानकारी दिएको हो ।

यो दिवसलाई आदिवासी जनजातिको इतिहास, भाषा, संस्कृति, परम्परागत ज्ञान, पहिचान र अधिकारप्रति सम्मान व्यक्त गर्ने अवसरका रूपमा मनाइँदै आएको छ ।महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मोले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउन तथा संविधानले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिन यस वर्षका कार्यक्रम केन्द्रित हुने बताए ।

यही साउन २४ गते काठमाडौँको भृकुटीमण्डपबाट विभिन्न आदिवासी जनजातिका मौलिक वेषभूषा, बाजागाजा र सांस्कृतिक झाँकीसहित र्‍याली सुरु भई टुँडिखेलस्थित खुला मञ्चमा पुगेर मूल समारोहमा परिणत हुनेछ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यता रहने महासङ्घले जनाएको छ ।

कार्यक्रममा नेपालका विभिन्न आदिवासी जनजातिका मौलिक नृत्य, गीत, बाजागाजा र सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ । साथै परम्परागत खाद्य संस्कृति, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक सम्पदाको प्रदर्शनीसमेत आयोजना गरिने महासङ्घका महासचिव विमल सारु मगरले जानकारी दिए ।

दिवसका अवसरमा आदिवासी जनजाति आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत विभिन्न संस्थाको आयोजनामा आदिवासी अधिकार, भाषा, संस्कृति, समावेशी विकास र नीतिनिर्माणसम्बन्धी विषयमा विज्ञसहितको छलफल, रक्तदान, वृक्षरोपण, युवा तथा महिला सम्मेलन, पुस्तक तथा फोटो प्रदर्शनीलगायत साताव्यापी कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४