Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कैलारीमा १५ शय्याको अस्पताल सञ्चालनमा, स्थानीयले अब आफ्नै गाउँमै स्वास्थ्य सेवा पाउने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २१ २०८३
  • 494
    SHARES

काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको सुविधासम्पन्न अस्पताल आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। अस्पताल सञ्चालनसँगै गाउँपालिकावासीले आफ्नै स्थानीय तहबाट आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्ने भएका छन्।

आज आयोजित विशेष कार्यक्रममा अस्पताल सेवाको शुभारम्भ गर्दै कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पताल सञ्चालनले स्थानीय नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।

उनले गाउँपालिकामा यसअघि स्तरीय स्वास्थ्य संस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदा पनि धनगढी तथा अन्य स्थानमा पुगेर उपचार गराउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै अब त्यो समस्या धेरै हदसम्म समाधान हुने बताए।

अध्यक्ष चौधरीले अस्पताल सञ्चालनलाई गाउँपालिकाको स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै भने, “अस्पतालले यहाँका नागरिकलाई सहज, सुलभ र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ। विशेषगरी गाउँपालिकाको दक्षिणी क्षेत्रका नागरिक उपचारका लागि सीमावर्ती भारतीय क्षेत्रमा जानुपर्ने बाध्यता पनि अब हट्नेछ।”

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेशकुमार चौधरीका अनुसार सङ्घीय सरकारले स्थानीय तहसम्म आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने नीतिअनुसार अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको हो। उनले अस्पताल निर्माणमा कुल १९ करोड ५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए।

उनका अनुसार अस्पताल निर्माणका लागि २०७९ साल असार २९ गते ठेक्का सम्झौता गरिएको थियो। निर्माण कार्य सम्पन्न भएपछि गत असार महिनामा भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो। आवश्यक उपकरण जडान तथा व्यवस्थापन पूरा भएपछि आजदेखि अस्पतालले नियमित सेवा सुरु गरेको हो।

गाउँपालिकाका अनुसार अस्पतालमा प्रारम्भिक चरणमै बहिरङ्ग सेवा (ओपिडी), एक्स–रे, इसिजी, प्रयोगशाला सेवा, प्रसूति सेवा तथा फार्मेसी सेवा सञ्चालनमा ल्याइएको छ। आगामी दिनमा जनशक्ति र पूर्वाधार विस्तारसँगै थप विशेषज्ञ सेवा पनि सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

स्थानीयवासीले अस्पताल सञ्चालनलाई सकारात्मक रूपमा लिएका छन्। अब सामान्यदेखि मध्यम प्रकृतिका स्वास्थ्य समस्याका लागि धनगढी वा अन्य सहर पुग्नुपर्ने समय, खर्च र झन्झट कम हुने उनीहरूको अपेक्षा छ। साथै आकस्मिक स्वास्थ्य सेवा पनि स्थानीय स्तरमै उपलब्ध हुने भएकाले बिरामीलाई समयमै उपचार मिल्ने विश्वास गरिएको छ।

स्थानीय तहमा अस्पताल सञ्चालनमा आएसँगै कैलारी गाउँपालिकाको स्वास्थ्य सेवा प्रणाली थप सुदृढ हुने, मातृ तथा शिशु स्वास्थ्य सेवामा सुधार आउने, नियमित स्वास्थ्य परीक्षणको पहुँच बढ्ने तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४