Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाल्पामा आगलागीमा परी घाइते भएकी बालिकाकाे उपचारकाे क्रममा निधन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २१ २०८३
  • 437
    SHARES

काठमाडाैं । पाल्पामा आगलागीमा परी गम्भीर घाइते भएकी ८ वर्षीया साजुदा बानुको उपचारकाे क्रममा निधन भएको छ ।

तानसेन नगरपालिका–४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्यासको पाइप फुस्किएर भएको आगलागीमा परी बालिका घाइते भएकाे प्रहरीले बताएकाे हाे । काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा बुधबार उनको निधन भएको हो ।एलकेजीमा अध्ययनरत बानु यहि साउन ७ गते खाजा खाने क्रममा भएको आगलागीमा करिब ३५ प्रतिशत शरीर जलेर गम्भीर घाइते भएकी थिइन् ।

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा प्राथमिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएकाे थियो । मंगलबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनको ज्यान बचाउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।

आगलागीमा घाइते भएका अन्य दुई विद्यार्थीको अवस्था भने सामान्य रहेकाे प्रहरीले बताएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४