Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर पल्टिएर आगलागी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २१ २०८३
  • 361
    SHARES

काठमाडौं । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि भएको भीषण आगलागीमा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ पेट्रोल बोकेर जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर सडकमा अचानक आएको मृगलाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो।

प्रहरीका अनुसार ट्याङ्कर पल्टिएलगत्तै त्यसमा आगलागी भएको थियो। पेट्रोल बोकेको ट्याङ्कर भएकाले आगोले केहीबेरमै विकराल रूप लिएको थियो र ट्याङ्कर पूरै आगोको मुस्लोमा परिणत भएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरका प्रहरी टोली तत्काल घटनास्थल पुगेका थिए। साथै चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाका दमकल पनि परिचालन गरिएका थिए। सुरक्षाकर्मी र दमकलको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीका कारण ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भए पनि चालक समयमै बाहिर निस्किन सफल भएकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

प्रहरीका अनुसार ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिइएको छ। घटनाको वास्तविक कारण, आगलागीको अवस्था तथा अन्य प्राविधिक पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित भएको थियो। आगो नियन्त्रणमा आएपछि सडकबाट जलेको ट्याङ्कर हटाउने कामसँगै यातायात सञ्चालनलाई क्रमिक रूपमा सहज बनाइएको प्रहरीले जनाएको छ।

प्रहरीले ज्वलनशील पदार्थ बोकेका सवारीसाधन सञ्चालन गर्दा विशेष सावधानी अपनाउन र वन्यजन्तु आवतजावत गर्ने क्षेत्रहरूमा सवारीको गति नियन्त्रणमा राख्न चालकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४