Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बैैकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २० २०८३
  • 494
    SHARES

काठमाडौं । बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ। सिमराबाट काठमाडौँ आउने क्रममा उनलाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट नियन्त्रणमा लिइएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रे निवासी ४० वर्षीय रामबहादुर थापा रहेका छन्। उनी इलाका प्रहरी कार्यालय नवलपुरमा दर्ता रहेको बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादी थिए।

प्रहरीले विशेष सूचनाका आधारमा सिमराबाट काठमाडौँ आइपुगेका थापालाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ गरेको जनाएको छ। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोक पठाउने तयारी भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार फरार प्रतिवादीलाई नियन्त्रणमा लिएर सम्बन्धित प्रहरी कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।

प्रहरीले फरार अभियुक्त तथा प्रतिवादीको खोजी अभियानलाई निरन्तर तीव्र बनाएको जनाएको छ। विभिन्न आपराधिक तथा आर्थिक कसुरका मुद्दामा फरार व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने अभियान देशभर सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४