Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनकपुरधाम उपमहानगरपालिकाद्वारा सबै वडामा स्वास्थ्य केन्द्र विस्तार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २० २०८३
  • 988
    SHARES

जनकपुरधाम । नागरिकलाई सहज, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिकाले नगर क्षेत्रका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच विस्तार गरेको छ। उपमहानगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरेको नीति तथा योजनाअन्तर्गत नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै वडाबाट उपलब्ध गराउने व्यवस्था गरिएको हो।

जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख विजय साहका अनुसार पछिल्लो चरणमा वडा नम्बर १२, १४ र १६ मा नयाँ सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। यी केन्द्र सञ्चालनमा आएसँगै नगरका सबै वडामा स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य पूरा भएको उनले जानकारी दिए।

उनका अनुसार उपमहानगरपालिकाका वडा नम्बर १ देखि ११ सम्म आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् भने वडा नम्बर १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५ र २६ मा स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्रमार्फत नियमित स्वास्थ्य सेवा प्रदान भइरहेको छ।

यी स्वास्थ्य संस्थाबाट नेपाल सरकारले तोकेका अत्यावश्यक औषधिहरू निःशुल्क वितरण गरिँदै आएको छ। साथै बालबालिका तथा गर्भवती महिलाका लागि नियमित खोप सेवा, पोषण कार्यक्रम, मातृ तथा शिशु स्वास्थ्य सेवा, परिवार नियोजन, स्वास्थ्य परामर्श, सामान्य उपचार तथा विभिन्न रोगको प्रारम्भिक परीक्षणसमेत उपलब्ध गराइँदै आएको स्वास्थ्य शाखाले जनाएको छ।

उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार भएकाले उपचारको अभावमा कसैले पनि दुःख पाउन नपरोस् भन्ने उद्देश्यले नगरका सहरी तथा ग्रामीण सबै क्षेत्रमा स्वास्थ्य संस्था स्थापना गरिएको बताए। उनले आवश्यक जनशक्ति, औषधि, स्वास्थ्य उपकरण र सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

उनका अनुसार आगामी दिनमा स्वास्थ्य संस्थाको सेवा थप विस्तार गर्दै विशेषज्ञ स्वास्थ्य सेवा, जनचेतनामूलक कार्यक्रम तथा डिजिटल स्वास्थ्य व्यवस्थापन प्रणालीलाई समेत क्रमशः लागू गर्ने योजना रहेको छ। उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले नागरिकलाई स्थानीय स्तरमै सहज उपचार सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४