Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन १९ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । पश्चिम चितवनका मानव बस्तीमा चितुवा प्रवेश गरी स्थानीयमा त्रास फैलाउन थालेपछि डिभिजन वन कार्यालयले नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिन भरतपुर महानगरपालिका–१५ क्षेत्रमा दुई स्थानमा खोर राखिएको वन कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पहिलो खोर भरतपुर महानगरपालिका–१५ गोपालचोकस्थित अविनाश पोल्ट्री फर्म परिसरमा राखिएको छ भने अर्को खोर त्यसबाट करिब एक किलोमिटर दूरीमा स्थापना गरिएको छ। चितुवा बस्ती आसपास निरन्तर देखिन थालेपछि जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको उहाँले बताउनुभयो।

चितुवालाई खोरतर्फ आकर्षित गर्न दुवै स्थानमा कुकुर राखिएको छ। यद्यपि हालसम्म कुनै पनि खोरमा चितुवा नपरेको वन कार्यालयले जनाएको छ। प्राविधिक टोलीले खोरको नियमित निगरानी गरिरहेको र चितुवाको गतिविधिमाथि निरन्तर निगरानी राखिएको छ।

यसअघि सोही क्षेत्रबाट चितुवाको एउटा बच्चा नियन्त्रणमा लिइएको थियो। नियन्त्रणमा लिइएको उक्त बच्चालाई हाल सौराहा लगेर सुरक्षित रूपमा खोरमा राखिएको छ। वन कार्यालयका अनुसार सो क्षेत्रमा अझै एउटा माउ चितुवा र अर्को बच्चा रहेको अनुमान गरिएको छ, जसका कारण स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

वन कार्यालयले चितुवा देखिएमा आफैं नियन्त्रणमा लिन वा लखेट्ने प्रयास नगर्न, तत्काल वन कार्यालय वा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ। विशेषगरी बिहान, साँझ र रातिको समयमा बालबालिका तथा घरपालुवा जनावरलाई खुला रूपमा बाहिर नछाड्न र समूहमा हिँड्न पनि स्थानीयलाई सुझाव दिइएको छ।

हाल वन कार्यालय, सुरक्षाकर्मी तथा स्थानीय समुदायको समन्वयमा चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिने प्रयास जारी रहेको छ। अधिकारीहरूले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक सबै उपाय अपनाइएको जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४