Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डिजिटल अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रलाई विश्वासमा लिन गगन थापाको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १७ २०८३
  • 969
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित ‘डिजिटल इकोनोमीः स्थानीय रोजगारी र पहुँच विश्वबजार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति थापाले डिजिटल अर्थतन्त्रका क्षेत्रमा सरकारले उच्च महत्वाकाङ्क्षा राख्दै निजी क्षेत्रको क्षमता र विज्ञतामाथि भरोसा गर्नुपर्ने बताउनुभएको हो।

उहाँले सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको अनुभव, विज्ञता र बजारको गतिशीलतालाई स्वीकार गर्नुपर्ने बताउनुभयो।

डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको मुख्य आधार बनाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै सभापति थापाले यसलाई कुनै एक राजनीतिक दलको मात्र नभई साझा राष्ट्रिय एजेण्डाका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “यस क्षेत्रमा स्पष्ट र महत्वाकाङ्क्षी योजना हुनुपर्छ। दोस्रो, निजी क्षेत्र र बजारप्रति विश्वास गर्नुपर्छ। सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन। जान्ने मानिसहरू सरकारबाहिर पनि छन्।”

निजी क्षेत्रमा कार्यरत नेपाली जनशक्तिको ज्ञान, क्षमता र अनुभव उत्कृष्ट रहेको बताउँदै सभापति थापाले सरकारले निजी क्षेत्रको योग्यता र क्षमतामाथि भरोसा गर्दै साझेदारीको भावना अपनाउनुपर्ने बताउनुभयो।

डिजिटल अर्थतन्त्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउन सकिने उल्लेख गर्दै उहाँले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारमा संसद्मा रहेका सबै दलका सांसद सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

उहाँले भन्नुभयो, “हामी के चाहन्छौँ भने सरकारले यस क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गरोस्। यसका लागि हाम्रा सबै सांसद संसद्मा आवश्यक सहयोग गर्न तयार हुनुहुन्छ। हामी पनि पूर्ण रूपमा सहकार्य गर्न तयार छौँ।”

संसद्मा डिजिटल अर्थतन्त्रसम्बन्धी हुने बहसलाई थप प्रभावकारी र तथ्यपरक बनाउन डा. गोविन्द पोखरेल नेतृत्वको टोलीले आवश्यक अध्ययन सामग्री तथा प्रतिवेदन सांसदहरूलाई तत्काल उपलब्ध गराउने तयारी गरिरहेको जानकारी पनि सभापति थापाले दिनुभयो।

डिजिटल अर्थतन्त्रको विकासमार्फत स्थानीय रोजगारी सिर्जना गर्दै नेपाली जनशक्तिलाई विश्वबजारसँग जोड्न सकिने सम्भावनालाई केन्द्रमा राखेर कांग्रेसले यस विषयमा बहस सुरु गरेको उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४