Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १७ २०८३
  • 1.5K
    SHARES

एजेन्सी । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ ।

शनिबार रातभर भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

हमासले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको योजनामा सहमति जनाएको थियो । उक्त योजनामा हतियार हस्तान्तरण तथा गाजा क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्तीसम्बन्धी प्रावधान समावेश छन् ।

यद्यपि, इजरायलले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायली राजनीतिक स्रोतलाई उद्धृत गर्दै एएफपीले हमासको ‘पूर्ण निःशस्त्रीकरण’ नभएसम्म सेनाको कुनै पनि प्रकारको फिर्ती नहुने जनाएको छ ।

गाजाको नागरिक सुरक्षा निकायका अनुसार रातभर भएका आक्रमणमा विभिन्न आवासीय भवनहरू निसानामा परेका थिए ।

मध्य गाजा क्षेत्रमा इजरायली सैन्य हेलिकप्टरले एउटा अपार्टमेन्टमा गरेको आक्रमणमा एक पुरुष र उनकी श्रीमतीको मृत्यु भएको तथा अन्य केही व्यक्ति घाइते भएका नागरिक सुरक्षा प्रवक्ताले बताएका छन् ।

गाजा सहरको पश्चिममा रहेको अर्को अपार्टमेन्टमा भएको आक्रमणमा एक वृद्ध र एक बालकको मृत्यु भएको छ ।

त्यसैगरी, दक्षिणी गाजाको खान युनिसको उत्तर–पश्चिममा रहेको अर्को अपार्टमेन्टमा गरिएको आक्रमणमा एक बालकसहित तीन जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

यसअघि शनिबार भएका छुट्टाछुट्टै आक्रमणमा अन्य आठ जनाको मृत्यु भएको थियो । ती आक्रमणका क्रममा एउटा अस्पतालको चिकित्सा सामग्रीमा क्षति पुगेको र भवनको छतसमेत निसाना बनाइएको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४