Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १७ २०८३
  • 950
    SHARES

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको कनकाई र दमक, कैलालीको टीकापुर, मोरङ, सुर्खेत तथा दाङका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।

झापाको कनकाई नगरपालिका–२ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १०२ ग्राम ३१० मिलिग्राम, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल सात हजार २०० ट्याब्लेट र नाइट्राभेट सात हजार ४५० ट्याब्लेटसहित भारतको विहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा–८ छिप्टिया टोलका २७ वर्षीय अझर अन्सारी र कुरसाकट्टा–७ तकियाटोलका २८ वर्षीय मोहम्मद एजवाललाई शनिबार पक्राउ गरिएको हो ।

यसैगरी, झापाको दमक नगरपालिका–५ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ५२० मिलिग्राम र नियन्त्रित लागुऔषध ट्रामाडोल चार हजार ९६० ट्याब्लेटसहित सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बू तथा झापाको दमक नगरपालिका–७ का २९ वर्षीय करण मल्लिक पक्राउ परेका छन् ।

कैलालीको टीकापुर नगरपालिका–१ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४३० मिलिग्रामसहित सोही ठाउँका २० वर्षीय क्रिस शर्मालाई पक्राउ गरिएको छ । यसैगरी, टीकापुर नगरपालिका–९ बाट खैरो हेरोइनजस्तो देखिने पदार्थ एक ग्राम ७९० मिलिग्रामसहित टीकापुर नगरपालिका–७ बेलुवाका ३० वर्षीय तेज बुढा पक्राउ परेका छन् ।

मोरङको लेटाङ नगरपालिका–२ धोबीकी २७ वर्षीया प्रमिला लामालाई ट्रामाडोल १५० ट्याब्लेट र स्पास्पेन १५० ट्याब्लेटसहित पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलबाट ट्रामाडोल १९ ट्याब्लेट, डाइक्लोमाइन २८ ट्याब्लेट र नगद रु १३ हजार ७७५ सहित पथरीशनिश्चरे नगरपालिका–१ सुन्दर बस्तीका २७ वर्षीय मिका खत्री र २७ वर्षीया कृष्टि भन्ने बन्दना माखिमलाई पक्राउ गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ७२० मिलिग्रामसहित सोही ठाउँका २४ वर्षीय रोहित घिसिङ, सोही नगरपालिका–४ जिरो ड्यामबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ५०० मिलिग्रामसहित सोही ठाउँका २८ वर्षीय लोकेन्द्रबहादुर रावल तथा वीरेन्द्रनगर नगरपालिका–२ भुरेली गाउँबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ २१० मिलिग्रामसहित सोही ठाउँका ३१ वर्षीय चित्र थापालाई पक्राउ गरिएको छ ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१३ सिजस्वर्ग टोलका १७ वर्षीय किशोरलाई खैरो हेरोइनजस्तो देखिने पदार्थ पाँच ग्राम ११० मिलिग्राम, नगद रु ७४ हजार र एक थान डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४