Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्रीसँग र मृतक गणेश यादवका परिवारबिच सहमति, आजै दाहसंस्कार गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन १६ २०८३
  • 969
    SHARES

काठमाडौं । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवको आजै दाहसंस्कार गरिने भएको छ । गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिपछि परिवारले अन्त्येष्टिको तयारी अघि बढाएको हो ।

औरही गाउँपालिका–२ तुलसियाही निवासी रामवृक्ष यादवका छोरा गणेशको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो । घटनापछि परिवारले विभिन्न माग राख्दै शव नबुझे पनि सरकारसँग सहमति जुटेपछि आजै अन्तिम संस्कार गर्ने निर्णय गरिएको परिवारले जनाएको छ ।

परिवारका अनुसार गणेशको शव आजै गाउँ ल्याइने जानकारी प्राप्त भएको छ । शव आउने खबरसँगै घरमा आफन्त, छिमेकी तथा स्थानीयवासीको ठुलो भीड जम्मा भएको छ । सबै जना भावुक वातावरणका बिच गणेशको अन्तिम दर्शनको प्रतीक्षामा देखिएका छन्।

शव गाउँ पुगेपछि तुलसियाहीस्थित बाबा कुटीमा केही समयका लागि अन्तिम श्रद्धाञ्जली अर्पण गर्न राखिने कार्यक्रम तय गरिएको छ । त्यसपछि धार्मिक परम्पराअनुसार गागन खोलाको किनारमा उनको दाहसंस्कार गरिने परिवारले जनाएको छ ।

गणेशको निधनपछि सिरहा तथा आसपासका क्षेत्रमा शोकको वातावरण छ । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएका छन् ।

यसअघि गृहमन्त्री सुधन गुरुङ पीडित परिवारलाई भेट्न मध्यरातमै तुलसियाही पुगेका थिए । त्यसक्रममा परिवारसँग वार्ता भएपछि शव बुझेर दाहसंस्कार गर्ने सहमति बनेको बताइएको छ । सरकार र परिवारबिच भएका सहमतिका अन्य विवरण भने सार्वजनिक हुन बाँकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४