Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्न सांसदहरुलाई रास्वपाको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १४ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरी, सिरहा लगायत पूर्वी जिल्लामा विकसित भइरहेको धार्मिक तथा सामाजिक तनावलाई मध्यनजर गर्दै ती क्षेत्रका सांसदहरूलाई तत्काल आफ्नो गृहजिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा आयोजित मधेस प्रदेश र कोशी प्रदेशका रास्वपाका सांसदहरूको बैठकमा पार्टी सभापति रवि लामिछानेले यस्तो निर्देशन दिनुभएको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद रहबर अन्सारीले सभापति लामिछानेले पार्टीका सबै सांसदलाई निर्वाचन क्षेत्रमा पुगेर स्थानीय समुदाय, प्रशासन र सरोकारवाला पक्षसँग समन्वय गर्दै तनाव कम गर्न सक्रिय हुन निर्देशन दिनुभएको जानकारी दिनुभयो।

उनका अनुसार सभापति लामिछानेले कुनै पनि किसिमको धार्मिक, जातीय वा साम्प्रदायिक सद्भाव भड्कन नदिन पार्टी पूर्ण रूपमा गम्भीर रहेको स्पष्ट पार्दै सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो।

सांसद अन्सारीले पार्टीको निर्देशनअनुसार सबै सांसद आ–आफ्नो जिल्ला जाने तयारीमा रहेको जानकारी दिँदै रास्वपाले मुलुकका सबै नागरिकलाई समान रूपमा हेर्ने नीति लिएको बताउनुभयो। उहाँले राज्यका हरेक नागरिक एउटै परिवारका सदस्य भएको पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै कुनै पनि समुदायमाथि हुने अन्याय, विभेद वा आक्रमणप्रति पार्टी गम्भीर रहने बताउनुभयो।

अन्सारीले भन्नुभयो, “राज्यका हरेक नागरिक एउटै परिवार हौँ भन्ने कुरामा पार्टी स्पष्ट छ। कुनै पनि नागरिक वा समुदायमाथि कुनै प्रकारको आपत्ति आउँछ भने पार्टी गम्भीर रूपमा लिन्छ। पार्टीका प्रत्येक सांसद र सदस्यले मुलुकमा उत्पन्न समस्याको जिम्मेवारी महसुस गर्दै समाधानका लागि सक्रिय भूमिका खेल्नुपर्छ भन्ने स्पष्ट निर्देशन सभापतिबाट आएको छ।”

उहाँका अनुसार पार्टीका सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा पुगेर स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग आवश्यक समन्वय गर्दै शान्ति, सद्भाव र सहिष्णुताको सन्देश फैलाउनेछन्। साथै सामाजिक सद्भाव बिग्रन नदिन र तनाव कम गर्न आवश्यक पहल गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो।

बैठकबाट बाहिरिँदै सांसद अन्सारीले आम नागरिकलाई धार्मिक, जातीय वा साम्प्रदायिक भावनामा ठेस पुग्ने, द्वेष फैलाउने तथा हिंसा भड्काउने कुनै पनि प्रकारका अभिव्यक्ति वा गतिविधिबाट टाढा रहन अपिल गर्नुभयो। उहाँले अहिलेको परिस्थितिमा संयमता, संवाद र आपसी विश्वास नै सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो।

पछिल्ला दिनमा सुनसरी, सिरहा लगायत पूर्वी जिल्लाका केही क्षेत्रमा धार्मिक तथा सामाजिक तनाव देखिएको छ। त्यसलाई ध्यानमा राख्दै विभिन्न राजनीतिक दल, सरकारी निकाय, सुरक्षा संयन्त्र तथा सामाजिक अगुवाहरूले संयमता अपनाउन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न निरन्तर आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४