Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच ५ बुँदे सहमति आन्दोलनका सम्पूर्ण कार्यक्रम पनि फिर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १४ २०८३
  • 817
    SHARES

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सक संघले देशभर सञ्चालन गर्दै आएका सम्पूर्ण आन्दोलनका कार्यक्रम बुधबारदेखि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सुचारु गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँगै गृह मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उच्च प्रतिनिधिहरूको सहभागिता रहेको थियो। लामो छलफलपछि दुवै पक्षबीच पाँच बुँदे सहमति भएको हो।

सम्झौतापछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा नियमित सेवा सञ्चालन गर्ने जनाएको छ। यससँगै बिरामीले आकस्मिकबाहेकका नियमित स्वास्थ्य सेवासमेत पुनः प्राप्त गर्ने भएका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। घटनाको विरोधमा संघको आह्वानमा मंगलबार र बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अधिकांश स्वास्थ्य सेवा बन्द गरिएका थिए।

चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै आएको थियो।

सरकार र चिकित्सक संघबीच भएको पाँच बुँदे सहमतिपछि आन्दोलन अन्त्य भएको छ भने देशभरका स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालनमा आएको छ। दुवै पक्षले सहमतिका बुँदाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४