Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुनसरीमा विकसित घटनाक्रमकाे बारेमा सर्वदलीय बैठकमा सरकारको भूमिकाप्रति राजनीतिक दलहरूकाे आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १३ २०८३
  • 703
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका विषयमा आयोजित सर्वदलीय बैठकमा सरकारको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ। कांग्रेसले संवेदनशील विषयमा सरकार जिम्मेवार ढंगले प्रस्तुत हुन नसकेको आरोप लगाउँदै राष्ट्रिय महत्वका घटनामा सरकारको सक्रियता र समन्वय कमजोर देखिएको जनाएको हो।

बुधबार सिंहदरबारमा सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको विषयमा सरकारको उदासीनता चिन्ताजनक रहेको बताए। उनले यस्ता संवेदनशील विषयमा सरकारले समयमै प्रभावकारी पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको टिप्पणी गरे।

नेता आङदेम्बेले सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको अनुपस्थितिप्रति पनि प्रश्न उठाउँदै राष्ट्रिय महत्वका विषयमा सरकारका प्रमुख जिम्मेवार व्यक्तिहरू उपस्थित हुनुपर्ने धारणा व्यक्त गरे। उनले यस्तो अनुपस्थितिले सरकारको प्राथमिकतामाथि नै प्रश्न उठाएको बताए।

उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच आवश्यक समन्वय र संवादको अभाव देखिएको उल्लेख गर्दै राज्य सञ्चालनमा त्यसले गम्भीर कमजोरी उजागर गरेको टिप्पणी गरे। राष्ट्रिय महत्वका विषयमा संवैधानिक निकाय र सरकारबीच प्रभावकारी समन्वय हुनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिइएको उनको भनाइ थियो।

आङदेम्बेले सुनसरी घटनाको समाधानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरेर आवश्यक कदम चाल्नुपर्ने भए पनि सरकारले त्यसमा अपेक्षित सक्रियता देखाउन नसकेको आरोप लगाए। उनले सरकारले परिस्थिति थप जटिल बन्न नदिन समयमै उचित निर्णय लिनुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामुदायिक एकता कायम राख्न संयुक्त रूपमा पहल गर्ने सहमति गरेका छन्। राज्यको पहलको मात्र प्रतीक्षा नगरी राजनीतिक दलहरू आफैं प्रभावित क्षेत्रमा पुगेर नागरिकलाई शान्ति, संयम र सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए।

नेता आङदेम्बेले कुनै पनि घटनालाई राजनीतिक वा साम्प्रदायिक रूप दिन नहुने उल्लेख गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे। उनले कानुनी प्रक्रियामार्फत सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कारबाही गर्नुपर्ने र सामाजिक सद्भाव बिग्रन नदिन सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला निकाय एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४