Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा सभापति लामिछानेकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १३ २०८३
  • 589
    SHARES

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्था, सामाजिक सद्भाव र शान्ति सुरक्षाको विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी रहेको छ।

सिंहदरबारमा जारी बैठकमा देवानगञ्ज घटनाको पछिल्लो अवस्था, हिंसात्मक गतिविधिको प्रभाव, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा समसामयिक राष्ट्रिय राजनीतिक विषयमा विस्तृत छलफल भइरहेको रास्वपाले जनाएको छ।

पछिल्ला दिनमा सुनसरीको देवानगञ्ज क्षेत्रमा देखिएको तनाव र हिंसात्मक गतिविधिले स्थानीय जनजीवन प्रभावित बनेपछि राजनीतिक दलहरूबीच साझा धारणा निर्माण गर्दै शान्ति र सद्भाव कायम गर्न बैठक बोलाइएको हो। रास्वपाका अनुसार प्रशासनिक निकायले सुरक्षा व्यवस्था कडा बनाएर स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको भए पनि राजनीतिक नेतृत्वबाट पनि एकीकृत सन्देश आवश्यक देखिएकाले सर्वदलीय छलफलको आयोजना गरिएको हो।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ। सहभागी हुनेहरूमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेकपाका संयोजक पुष्पकमल दाहाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिन कुमार आचार्य, राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राई लगायत रहेका छन्।

बैठकमा देवानगञ्ज घटनाको वास्तविक अवस्था, हिंसा फैलिनुका कारण, शान्ति सुरक्षा सुदृढ गर्ने उपाय, सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह र द्वेषपूर्ण सामग्री नियन्त्रण गर्ने विषय तथा समुदायबीच आपसी विश्वास कायम गर्ने उपायबारे समेत छलफल भइरहेको बताइएको छ।

रास्वपाले जारी गरेको जानकारीअनुसार असहज परिस्थितिमा सामाजिक रूपमा फैलन सक्ने द्वेष र विभाजनकारी गतिविधिलाई न्यूनीकरण गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति सुरक्षालाई बलियो बनाउन सबै राजनीतिक दलबाट संयुक्त अपिल जारी गर्ने तयारीसमेत गरिएको छ।

बैठकको निष्कर्ष र निर्णय सार्वजनिक भएपछि देवानगञ्ज घटनालाई लिएर राजनीतिक दलहरूको साझा धारणा र आगामी कदमबारे थप जानकारी आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४