Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेका युवा नेताको आग्रह– नेतृत्वको सम्मानजनक बिदाइसँगै पार्टी रूपान्तरण आवश्यक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १० २०८३
  • 1.4K
    SHARES

काठमाडौं । नेकपा (एमाले) का युवा नेताहरूले पार्टीलाई समयानुकूल रूपान्तरण गर्न नेतृत्वको सम्मानजनक बिदाइ, पुस्तान्तरण र संगठनात्मक सुधार अपरिहार्य रहेको बताएका छन्। उनीहरूले पार्टीभित्र नेतृत्व हस्तान्तरणको संस्कृति विकास गर्दै संगठनको कार्यशैली, संरचना र राजनीतिक सोचमा समेत परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।

काठमाडौंमा आइतबार आयोजित ‘पार्टीको रूपान्तरणमा पूर्व अखिलको भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का वर्तमान तथा पूर्वनेताहरूले पार्टीको वर्तमान अवस्था, आगामी दिशा र रूपान्तरणका आवश्यक पक्षबारे आफ्नो धारणा राखेका थिए।

वक्ताहरूले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन मा एमालेले व्यहोरेको पराजयका कारणबारे समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूले निर्वाचन परिणामका लागि बाह्य परिस्थिति मात्र नभई पार्टीभित्रका संगठनात्मक कमजोरी, निर्णय प्रक्रिया र नेतृत्व शैलीजस्ता आन्तरिक कारण पनि उत्तिकै जिम्मेवार रहेको जिकिर गरे।

छलफलमा सहभागी नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि मात्र सबै कमजोरी थोपर्न नहुने धारणा राख्दै नेतृत्व तहका अन्य पदाधिकारीहरूको पनि समान जिम्मेवारी रहेको बताए। पार्टीलाई सुदृढ बनाउन सामूहिक आत्मसमीक्षा, जिम्मेवारीबोध र सुधारको प्रक्रियालाई अघि बढाउनुपर्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका अध्यक्ष एवं पूर्वनेताहरू ठाकुर गैरे, माधव ढुङ्गेल, रमेश पौडेल, नरोश रोकाया, नवीना लामा, डा. सुजन कडरिया, रचना खड्का, मोति विक, उषाकिरण तिम्सिना, मेनका पछाइँ र तत्तबहादुर शाही लगायतले पार्टीभित्र व्यापक रूपान्तरण आवश्यक रहेकोमा जोड दिएका थिए।

उनीहरूले पार्टीमा आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउने, नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिने, नीति निर्माण प्रक्रियालाई सहभागीमुखी बनाउने तथा जनतासँगको सम्बन्धलाई अझ प्रभावकारी बनाउने दिशामा कदम चाल्नुपर्ने सुझाव दिएका थिए।

यसैबीच एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनःगठन सम्बन्धी सुझाव तयार गर्न गठित कार्यदल हाल प्रतिवेदन लेखनको चरणमा रहेको छ। उक्त कार्यदलले पार्टी संगठनलाई थप प्रभावकारी, उत्तरदायी र समयानुकूल बनाउने विषयमा सुझाव तयार गरिरहेको जनाइएको छ।

गत जेठ १० गते बसेको एमाले सचिवालयको आठौँ बैठकले पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनलाई आगामी दिनमा पार्टीको संगठनात्मक सुधार र भावी कार्यदिशा निर्धारणका लागि महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४