Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण, वित्तीय पारदर्शिता सुदृढ बनाउन एआइएनको जोड


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १० २०८३
  • 1.4K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (एएमएल/सीएफटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। गैरनाफामूलक संस्थाहरूमा वित्तीय सुशासन, पारदर्शिता र कानुनी अनुपालनलाई सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक क्षेत्रलाई पनि कानुनी दायराभित्र समेटेपछि एआइएनले आफ्ना सदस्य संस्थाहरूलाई नयाँ कानुनी व्यवस्था, जिम्मेवारी र अनुपालन प्रक्रियाबारे जानकारी गराउन यो पहल गरेको जनाएको छ।

एआइएनका अनुसार सामाजिक संघसंस्थाहरूलाई दर्ता तथा आवद्धता प्रदान गर्ने निकायहरूले आवश्यक कानुनी अभ्यास, मापदण्ड र नियामकीय व्यवस्था तय गरिरहेका बेला सरोकारवाला संस्थाहरूलाई नीतिगत स्पष्टता दिन कार्यक्रम आयोजना गरिएको हो। यसले गैरनाफामूलक संस्थाहरूलाई कानुनअनुसार सञ्चालन गर्न तथा वित्तीय अनुशासन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कार्यक्रममा नेपालले अन्तर्राष्ट्रिय वित्तीय निगरानी प्रणालीमा आफ्नो विश्वसनीयता मजबुत बनाउन गरिरहेको प्रयासबारे पनि छलफल गरिएको थियो। विशेषगरी मुलुकलाई फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’बाट ‘ग्रिन लिस्ट’मा स्तरोन्नति गराउने राष्ट्रिय अभियानमा सामाजिक क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।

एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु सरकार वा नियामक निकायको मात्र नभई सबै संस्था र सरोकारवालाको साझा दायित्व भएको बताइन्। उनले वर्तमान समय नेपालका लागि वित्तीय पारदर्शिता र जवाफदेहिताको दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुनी मापदण्डको प्रभावकारी कार्यान्वयनले संस्थागत विश्वसनीयता अझ बलियो बन्ने धारणा राखिन्।

उनले नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा परेको विषयलाई केवल अन्तर्राष्ट्रिय सूचीमा सीमित रूपमा नहेरी संस्थागत सुधार र वित्तीय प्रणालीलाई थप पारदर्शी बनाउने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन्। उनका अनुसार वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा पारदर्शी कार्यप्रणालीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा नेपालको विश्वसनीयता बढाउन मद्दत गर्नेछ।

कार्यक्रममा एआइएनका सदस्य संस्थाका कार्यकारी प्रमुख, विभागीय प्रमुख, सरकारी अधिकारी, प्राविधिक विज्ञ तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी प्रावधान, जोखिम पहिचान, वित्तीय निगरानी, अभिलेख व्यवस्थापन तथा अनुपालन प्रक्रियाका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

एआइएनले यस्ता अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै सदस्य संस्थाहरूलाई कानुनी दायित्व पूरा गर्न, वित्तीय सुशासन सुदृढ बनाउन र अन्तर्राष्ट्रिय मापदण्डअनुसार संस्थागत प्रणाली विकास गर्न सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४