Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङमा यात्रुलाई बासी खाना खुवाउने होटेल कारबाहीमा, २५ हजार जरिवाना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १० २०८३
  • 646
    SHARES

काठमाडौं। दाङको देउखुरी क्षेत्रमा सञ्चालित एक होटललाई यात्रु तथा सर्वसाधारणलाई बासी तथा अस्वस्थकर खाना खुवाएको आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गरेको नियमित बजार अनुगमनका क्रममा होटलमा खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरी भेटिएपछि जरिवाना गरिएको हो।

दाङ–पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मसुरीयामा सञ्चालनमा रहेको पूर्वपश्चिम हाइवे होटल लाई खाद्य ऐन तथा प्रचलित मापदण्ड उल्लङ्घन गरेको निष्कर्षसहित २५ हजार रुपैयाँ जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमन टोलीले होटलको निरीक्षण गर्दा यात्रुको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने विभिन्न कमजोरी फेला पारेको थियो।

अनुगमनका क्रममा होटलको फ्रिजमा लामो समयदेखि भण्डारण गरिएका बासी तथा अस्वस्थकर खाना राखिएको, पकाएर बनाइने परिकारमा कृत्रिम रङको प्रयोग गरिएको, भान्साको संरचना स्वास्थ्य मापदण्डअनुसार नभएको, ग्राहकले सहजै देख्ने स्थानमा मूल्यसूची नराखिएको, ढल निकासको उचित व्यवस्थापन नभएकाले नालीमा फोहोर पानी जमेको तथा भान्साभित्र दुर्गन्ध फैलिएको अवस्थासमेत भेटिएको कार्यालयले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अनुसार यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले होटल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ। साथै पुनः यस्ता कमजोरी दोहोरिएमा थप कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

अनुगमन टोलीले होटल सञ्चालकलाई खाद्य सामग्रीको सुरक्षित भण्डारण, सरसफाइमा विशेष ध्यान दिन, कृत्रिम रङ तथा म्याद नाघेका सामग्री प्रयोग नगर्न, भान्साको संरचना सुधार गर्न र उपभोक्तालाई स्पष्ट रूपमा मूल्यसूची उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ।

यसैबीच शुक्रबार देउखुरी क्षेत्रमा सञ्चालित सात वटा होटल तथा खाद्य व्यवसायको समेत अनुगमन गरिएको थियो। अनुगमनका क्रममा अधिकांश होटललाई सरसफाइ, खाद्य पदार्थको भण्डारण, खाद्यजन्य सामग्रीको गुणस्तर, भान्साको व्यवस्थापन तथा उपभोक्ता अधिकारसम्बन्धी मापदण्ड पालना गर्न सचेत गराइएको कार्यालयले जनाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पछिल्लो समय राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टहरूमा नियमित अनुगमनलाई तीव्रता दिएको जनाएको छ। विशेषगरी लामो दूरीका यात्रुले प्रयोग गर्ने होटलहरूमा खाद्य सुरक्षाको अवस्था सुधार गर्न, अस्वस्थकर तथा बासी खाना बिक्री वितरण रोक्न र उपभोक्ताको स्वास्थ्य संरक्षण गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने कार्यालयको भनाइ छ।

कार्यालयले उपभोक्तालाई पनि होटल तथा रेस्टुरेन्टमा खाना सेवन गर्दा सरसफाइ, मूल्यसूची, खाद्य पदार्थको गुणस्तर तथा सेवा सम्बन्धी कुनै अनियमितता देखिए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। नियमित अनुगमन र उपभोक्ताको सचेतनाले मात्र सुरक्षित तथा गुणस्तरीय खाद्य सेवा सुनिश्चित गर्न सकिने कार्यालयको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४