Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धुलिखेल रिसोर्टको स्वीमिङ पुलमा करेन्ट लाग्दा युवाको मृत्यु, लापरबाही आरोप


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ९ २०८३
  • 779
    SHARES

काठमाडौं । काभ्रेको धुलिखेलस्थित हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा करेन्ट लाग्दा काठमाडौंको चन्द्रागिरी नगरपालिका निवासी २९ वर्षीय डेनिस प्रधानको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार बेलुकी प्रधान स्वीमिङ पुलभित्र मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानमा उनलाई करेन्ट सट भएको देखिएको प्रहरीले जनाएको छ।

घटनापछि मृतकका आफन्तले रिसोर्ट व्यवस्थापनको चरम लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्।

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ। यसैबीच, घटनालाई लिएर पीडित पक्ष र रिसोर्ट व्यवस्थापनबीच छलफल भइरहेको छ। घटनाको वास्तविक कारण र सम्भावित लापरबाहीबारे थप अनुसन्धानपछि मात्रै विस्तृत विवरण खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४