Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकासँग व्यापार गर्ने ६० देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने राष्ट्रपति ट्रम्पकाे घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन ८ २०८३
  • 1.1K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग व्यापार गर्ने दर्जनौं देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क (ट्यारिफ) लागू गर्ने घोषणा गर्नुभउकाे छ।

सर्वोच्च अदालतबाट आफ्नो महत्वाकांक्षी ट्यारिफ नीति खारेज भएपछि अस्थायी रूपमा लागू गरिएको १० प्रतिशत विश्वव्यापी शुल्कको समयसीमा शुक्रबार समाप्त हुन लागेकै समयमा उहाँले नयाँ कदम चाल्नुभएकाे हाे। नयाँ व्यवस्था अमेरिकाले ६० देशबाट आयात हुने वस्तुमा १० देखि १२ दशमलव ५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने भएकाे छ।

यी ६० देशबाट हुने आयातले अमेरिकाको कूल आयातको ९९ प्रतिशत हिस्सा ओगट्छ। अमेरिकी प्रशासनले ती देशहरूले बलजबरजस्ती श्रम प्रयोग गरेर उत्पादन गरिएका वस्तुमाथिको प्रतिबन्ध प्रभावकारी रूपमा लागू नगरेको आरोप लगाएको हाे।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बिहीबार एक विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेरिकाले करिब एक शताब्दीदेखि बलजबरजस्ती श्रमबाट उत्पादन भएका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै आएको बताउनुभयाे। त्यसलाई कडाइका साथ कार्यान्वयन पनि गरिरहेको समेत बताउनुभएकाे छ । अब हाम्रा व्यापारिक साझेदारहरूले पनि त्यही मापदण्ड अपनाउने समय आइसकेको जारी विज्ञप्तिमा भनिएकाे छ।

व्यापार ग्रियरले यो कदमले मानवअधिकार उल्लङ्घन र व्यापारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्न तथा विश्वभरका श्रमिकको हित संरक्षण गर्न सहयोग पुग्ने दावी समेत गर्नुभयाे । नयाँ ट्यारिफ शुक्रबार वासिङ्टन समयअनुसार राति १२:०१ बजे (०४:०१ जीएमटी) देखि लागू हुने भएकाे छ। यहि समयमा राष्ट्रपति ट्रम्पले यसअघि लागू गरेका अस्थायी १० प्रतिशत विश्वव्यापी ट्यारिफ स्वतः समाप्त हुँदैछन्।

गत फेब्रुअरीमा अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति ट्रम्पले सन् १९७७ को अन्तर्राष्ट्रिय आपत्कालीन आर्थिक अधिकार ऐन (आईईईपिए ) अन्तर्गत लगाएका व्यापक ट्यारिफलाई कानूनी आधार नभएको भन्दै खारेज गरिदिएको थियो। अदालतको निर्णयपछि अमेरिकी सरकारले ती शुल्क तिरेका आयातकर्तालाई रकम फिर्ता गर्नुपरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४