Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढी वर्षा, दोलखामा पनि भारी वर्षा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ७ २०८३
  • 665
    SHARES

काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहँदा पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढी ९७.२ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला दिनहरूमा विशेषगरी पहाडी जिल्लाहरूमा उल्लेख्य वर्षा भएको हो।

महाशाखाका अनुसार दोलखाको लामाबगरमा ८१.४ मिलिमिटर वर्षा मापन भएको छ। निरन्तरको वर्षासँगै पहाडी क्षेत्रमा नदी तथा खोलामा पानीको सतह बढ्ने, पहिरो जाने र सडक अवरुद्ध हुने जोखिम बढेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा मुख्य रूपमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। तर, मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा भने तुलनात्मक रूपमा कम वर्षा भएको उनले जानकारी दिए।

त्यसैगरी, पछिल्लो ६ घण्टामा जाजरकोटमा सबैभन्दा बढी ५.६ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ। यस अवधिमा काठमाडौं उपत्यका, सुर्खेत र कैलाली आसपासका क्षेत्रमा पनि हल्का वर्षा भएको मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार मनसुनी प्रणाली अझै सक्रिय रहेकाले आगामी केही दिन देशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। केही स्थानमा छोटो अवधिमा अत्यधिक वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

लगातारको वर्षाले पहाडी जिल्लामा पहिरो, भूक्षय, सडक अवरोध तथा नदी–खोलामा आकस्मिक बाढी आउने जोखिम बढ्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय र नागरिकलाई आवश्यक सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

महाशाखाले विशेषगरी नदी किनार, पहिरोको उच्च जोखिम भएका बस्ती, ग्रामीण सडक तथा राजमार्ग भएर यात्रा गर्ने यात्रु र चालकलाई मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। साथै, वर्षाका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले स्थानीय तह र सम्बन्धित निकायलाई पूर्वतयारी अवस्थामा रहन पनि अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४