Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलामा आज नेपालले नेदरल्याण्डसकाे सामना गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ७ २०८३
  • 570
    SHARES

काठमाडाैं । नेदरल्यान्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्सकाे सामना गर्ने भएकाे छ।

नेपाल र घरेलु टोली नेदरल्यान्ड्सबीचकाे खेल बिहीबार दिउँसो पौने ३ बजेदेखि शुरु हुने भएकाे हाे। नेपाल यो श्रृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको थियो। नेपालले यस शृङ्खलाको तेस्रो खेल साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेकाे छ । लिग–२ अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको छ । राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैठाैं स्थानमा रहेका हुन् । नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

अंकतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका हुन् । विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन् । विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेल्ने भएका छन् । नेपालको अझै ७ खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्न जित्नैपर्ने दबाब रहेकाे हाे।

त्यस्तै, एकदिवसीय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनु पर्याप्त हुने भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४