Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ६ २०८३
  • 931
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका निः वर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देशको राष्ट्रियता, संविधान र लोकतान्त्रिक व्यवस्था इतिहासकै गम्भीर संकटमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

वीपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै खड्काले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

उनले सरकारको कार्यशैली अराजकता र अधिनायकवादतर्फ उन्मुख भएको आरोप पनि लगाए । उनले संसदमार्फत पारित भएको विषय प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत उल्ट्याउने अभ्यासले संवैधानिक प्रणामीमाथि चुनौती सिर्जना गरेको बताए । उनले यी सबै कुरालाई गम्भीरतापूर्वक लिएर पार्टीको सबै पक्ष गम्भीर बन्न आवश्यक रहेको बताए ।

उनले पार्टी सभापति गगनकुमार थापाको इच्छाबिना पार्टी एकता सम्भव नहुने समेत स्पष्ट पारे । उनले पार्टी एकताको लागि आफूहरू तयार नभएको भनी फैल्याएको भ्रममा विश्वास नगर्न समेत कार्यकर्तालाई आग्रह गरे ।

उनले पार्टी यस्तै अवस्थाबाट चल्न नसक्ने भन्दै राष्ट्रिय भेलामार्फत उचित निर्णय लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४