काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा बजारमा हुने आपूर्ति र मागका आधारमा तरकारी, फलफूल तथा अन्य कृषि उपजको थोक मूल्य निर्धारण गर्दै आएको छ।
आज सार्वजनिक गरिएको मूल्यसूचीअनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो अधिकतम ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र टनेल गोलभेँडा ३५ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी रातो लाम्चो आलु ४८ रुपैयाँ, गोलो रातो आलु ४७ रुपैयाँ, मुढे रातो आलु ४७ रुपैयाँ तथा भारतीय रातो आलु ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
त्यस्तै, भारतीय सुकेको प्याज प्रतिकिलो ५७ रुपैयाँ तोकिएको छ। दैनिक उपभोगमा धेरै प्रयोग हुने गाजर, बन्दा, काउली, मूला र भन्टालगायतका तरकारीको मूल्य पनि सार्वजनिक गरिएको छ। लोकल गाजर प्रतिकिलो १२० रुपैयाँ, तराई गाजर १०० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ८० रुपैयाँ, रातो मूला ३५ रुपैयाँ, सेतो हाइब्रिड मूला २५ रुपैयाँ, लाम्चो भन्टा ५० रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
समितिका अनुसार हरियो तरकारीतर्फ बोडी (तने) प्रतिकिलो ११० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, लोकल घिउ सिमी १२० रुपैयाँ, हाइब्रिड घिउ सिमी १०० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ तथा भटमासकोसा १०० रुपैयाँ पुगेको छ।
अन्य तरकारीमा तितो करेला, परवर र भेडे खुर्सानी प्रतिकिलो ५० रुपैयाँ, लौका, हरियो फर्सी, घिरौला र पाकेको फर्सी ६० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, भिण्डी ७० रुपैयाँ, पिंडालु १०० रुपैयाँ तथा स्कूस ५० रुपैयाँ कायम गरिएको छ।
सागपाततर्फ रायो साग प्रतिकिलो १३० रुपैयाँ, पालुङ्गो साग १२० रुपैयाँ, तोरीको साग ११० रुपैयाँ, हरियो प्याज १०० रुपैयाँ, हरियो धनियाँ २०० रुपैयाँ तथा पुदिना ३०० रुपैयाँ पुगेको छ।
च्याउको मूल्य पनि उच्च रहेको छ। कन्ये च्याउ प्रतिकिलो २६० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ १ हजार रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। त्यस्तै कुरिलो ४०० रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, सेलरी २०० रुपैयाँ, पार्सले ५०० रुपैयाँ र चुकुन्दर ७० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन ३०० रुपैयाँ, मालभोग केरा २०० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ५०० रुपैयाँ, मालदह र दसहरी आँप १८० रुपैयाँ, हरियो तरबुजा ७० रुपैयाँ, जुनार ३०० रुपैयाँ, लोकल नासपाती ११० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १२० रुपैयाँ, हरियो नरिवल १७० रुपैयाँ र काँचो नरिवल ८० रुपैयाँ कायम गरिएको छ।
मसलाजन्य कृषि उपजतर्फ अदुवा प्रतिकिलो २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, अकबरे हरियो खुर्सानी २५० रुपैयाँ, चाइनिज सुकेको लसुन २३० रुपैयाँ, नेपाली सुकेको लसुन २०० रुपैयाँ तथा छ्यापी सुकेको २०० रुपैयाँ पुगेको छ।
माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा ३०० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गर्ने यी मूल्यहरू अधिकतम थोक मूल्य हुन्। स्थानीय बजार, ढुवानी खर्च, खुद्रा व्यापारीको मार्जिन तथा क्षेत्रअनुसार उपभोक्ताले तिर्नुपर्ने खुद्रा मूल्यमा केही फरक पर्न सक्ने समितिको भनाइ छ। दैनिक मूल्यसूचीले बजारमा पारदर्शिता कायम गर्न, किसान, व्यापारी तथा उपभोक्तालाई बजारको अवस्थाबारे जानकारी दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।