Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अण्डाको फार्म मूल्य प्रति क्रेट ६० रुपैयाँले घट्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ५ २०८३
  • 855
    SHARES

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको र्फाम मूल्य घटाएको छ । आज चितवनमा बसेको संघको बैठकले साउन ६ गतेदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य निर्धारण गरेको हो ।

देशभरिका अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसका आधारमा संघले यो नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । यसअघि गत जेठ २८ गते तोकिएको दररेटको तुलनामा हाल फार्म मूल्यमा प्रति क्रेट ६० रुपैयाँसम्म गिरावट आएको छ ।

मूल्य घटेसँगै अब सबै भन्दा ठुलो साइजको अण्डाको फार्म मूल्य प्रति क्रेट ५१५ रुपैयाँ कायम गरिएको छ । यसअघि ५७५ रुपैयाँ रहेको थियो ।

त्यस्तै, पहिले प्रति क्रेट ५६० रुपैयाँ रहेको ठूलो अण्डाको मूल्य ५०० रुपैयाँ र पहिले ५३० रुपैयाँ रहेको मिडियम अण्डाको मूल्य ४७० रुपैयाँ कायम गरिएको छ ।

यी तीनै वर्गका अण्डाको प्रति क्रेट मूल्यमा ६० रुपैयाँ गिरावट आएको छ । सानो अण्डाको मूल्यमा पनि प्रति पेटी ३०० रुपैयाँ कमी आई २ हजार ९०० रुपैयाँ कायम भएको छ, जुन यसअघि ३ हजार २०० रुपैयाँ रहेको थियो ।

फार्म मूल्यमा उल्लेख्य गिरावट आए पनि उपभोक्ताले खरिद गर्ने मूल्यमा भने कुनै फेरबदल गरिएको छैन । उपभोक्ताका लागि पहिलेकै दर अर्थात् प्रति गोटा २५ रुपैयाँ मूल्य नै यथावत् राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४