Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशका ११ जिल्ला आज बाढीको मध्यम जोखिममा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन ५ २०८३
  • 1.3K
    SHARES

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका ११ जिल्लामा मंगलबार आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको भन्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले मंगलबार जारी गरेको सूचनाअनुसार झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा र बैतडी तथा आसपासका जिल्लाबाट बग्ने स–साना नदी र खोलामा वर्षाका कारण अचानक बहाव बढ्न सक्ने सम्भावना रहेको छ। त्यसैले ती क्षेत्रका बासिन्दा, यात्रु तथा नदी आसपास काम गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। छोटो समयमै ठूलो परिमाणमा वर्षा हुन सक्ने भएकाले साना नदी तथा खोलामा अचानक पानीको सतह बढ्न सक्ने जोखिम रहेको जनाइएको छ।

यसका साथै पहाडी क्षेत्रमा पहिरो, तराईका तल्लो भूभागमा डुबान तथा सडक अवरुद्ध हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। विशेषगरी नदी तर्ने, खोल्साखोल्सी पार गर्ने तथा नदी किनारमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

महाशाखाले आगामी बुधबार र बिहीबार पनि मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ। सो अवधिमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट बग्ने केही स–साना नदीमा पानीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ।

विपद् व्यवस्थापनसँग सम्बन्धित निकाय, स्थानीय तह तथा सुरक्षा निकायलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी अवस्थामा रहन महाशाखाले अनुरोध गरेको छ। साथै नागरिकलाई मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र आपत्कालीन अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।

मनसुन सक्रिय रहेकाले आगामी केही दिनसम्म देशका विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। त्यसैले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४