Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्की र स्याङ्जामा रात्रिकालीन सवारी सञ्चालनमा रोक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २ २०८३
  • 589
    SHARES

काठमाडौं । कास्की र स्याङ्जामा रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपालभर मनसुन सक्रिय भई गण्डकी प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएको भन्दै चेतावनी जारी गरेपछि स्थानीय प्रशासनले त्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएका हुन् ।

वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, र डुबानको जोखिमलाई मध्यनजर गर्दै कास्की र स्याङ्जा जिल्ला प्रशासन कार्यालयले आज जरुरी सूचना जारी गरी रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाएका हुन् ।

अब कास्की जिल्लाबाट छुट्ने, जिल्ला भित्रिने तथा पोखराबाट ग्रामीण क्षेत्रहरूमा जाने सवारी साधनहरू साँझ ६:०० बजेदेखि बिहान ६:०० बजेसम्म सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कन, लामो यात्रामा नजान, सुरक्षित रहन र आकस्मिक बाढी आउन सक्ने भएकाले खोल्सा, खोला तथा नदी किनारामा नजान सर्वसाधारणलाई प्रशासनले सचेत गराएको छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पनि साउन २ र ३ गतेको अवधिमा सम्भावित विपद्जन्य जोखिमबाट नागरिकको सुरक्षा गर्न विशेष कदम चाल्दै सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डमा अत्यावश्यक बाहेकका सवारी साधनहरू साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४