Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २ २०८३
  • 646
    SHARES

काठमाडौं । सरकारले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने लक्ष्यसहित आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल औषधि लिमिटेडसँगको सहकार्यमा अत्यावश्यक औषधिको उत्पादन विस्तार गर्ने योजना सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार यस योजनालाई कार्यान्वयन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी पत्र (एमओयू) गर्ने प्रक्रिया अघि बढाइएको छ। उक्त समझदारीपछि औषधि उत्पादन, खरिद तथा वितरणलाई संस्थागत र व्यवस्थित बनाइने विश्वास गरिएको छ।

हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्दै आएको छ। अब उत्पादन क्षमता विस्तार गर्दै आगामी दुई वर्षभित्र थप औषधि उत्पादन गरी कुल संख्या ३६ पुर्‍याउने लक्ष्य सरकारले लिएको छ।

मन्त्रालयका अनुसार आगामी चरणमा उच्च रक्तचाप, मधुमेह लगायत दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गरिनेछ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास (आर एन्ड डी), गुणस्तर परीक्षण, उत्पादन अनुमति प्राप्त गर्ने प्रक्रिया तथा प्राविधिक तयारीलाई तीव्र गतिमा अगाडि बढाइनेछ।

कार्यक्रम सफल बनाउन मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने जनाएको छ। साथै सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा अन्य सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने तयारी गरिएको छ।

समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद प्रक्रिया मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच नियमित, सहज तथा संस्थागत प्रणालीमार्फत सञ्चालन हुनेछ। यसले सरकारी खरिद प्रणालीलाई थप पारदर्शी, प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

सरकारले नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग, बजार विस्तार तथा उत्पादन क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरेको छ। यसबाट सरकारी स्वास्थ्य संस्थामा औषधिको नियमित आपूर्ति सुनिश्चित हुनुका साथै आयातमा निर्भरता पनि क्रमशः घट्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप सुनिश्चित गरिनेछ। औषधिको प्रभावकारिता, सुरक्षा र गुणस्तरमा कुनै सम्झौता नगर्ने नीति सरकारले लिएको जनाएको छ।

सरकारको विश्वास छ कि यस पहलले स्वदेशी औषधि उद्योगको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साथै औषधिमा आत्मनिर्भरता बढाउने, आयात खर्च घटाउने, रोजगारी सिर्जना गर्ने तथा नागरिकलाई गुणस्तरीय, सुरक्षित र सुलभ मूल्यमा अत्यावश्यक औषधि नियमित रूपमा उपलब्ध गराउने दीर्घकालीन लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ।

स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउने सरकारी अभियानअन्तर्गत अघि बढाइएको यो योजना सफल कार्यान्वयन भएमा नेपालमा औषधि उत्पादनको दायरा विस्तार हुनुका साथै सार्वजनिक स्वास्थ्य सेवाको गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४