Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस र एमालेबीच बजेटको विषयलाई लिएर प्रदेशको सत्ता गठबन्धनमा गम्भीर गडबडी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ३२ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच प्रदेश सरकारहरूमा बनेको सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको राजनीतिक टकरावले अब सातै प्रदेशको सत्ता समीकरण नै परिवर्तन हुने संकेत देखिएको छ। कांग्रेसभित्र एमालेसँगको गठबन्धन अन्त्य गरी नयाँ राजनीतिक समीकरण बनाउने विषयमा उच्च तहमा छलफल तीव्र बनेको स्रोतहरूले बताएका छन्।

कांग्रेस स्रोतका अनुसार सातै प्रदेशमा एमालेसँगको सत्ता सहकार्य समाप्त गर्ने विषयमा पदाधिकारी तहमा प्रारम्भिक सहमति बनेको छ। यद्यपि यसबारे पार्टीले औपचारिक निर्णय भने गरिसकेको छैन। पछिल्ला घटनाक्रमले गठबन्धनको आधार कमजोर बन्दै गएको निष्कर्ष कांग्रेस नेतृत्वले निकालेको बताइएको छ।

बुधबार बिहान कर्णाली प्रदेश सरकारमा महत्वपूर्ण राजनीतिक परिवर्तन देखियो। एमाले नेतृत्वमा रहेको सरकारबाट कांग्रेसका चार मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएपछि गठबन्धनमा दरार स्पष्ट भएको हो। त्यसलगत्तै सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले एमालेका चार मन्त्रीलाई बर्खास्त गर्‍यो। मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई पदमुक्त गरेपछि एमालेले पनि कडा प्रतिक्रिया जनाउँदै बुधबार साँझ ५ बजेदेखि लागू हुने गरी कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्‍यो।

दुई प्रदेशमा एकै दिन भएका यी घटनाले केन्द्रमा रहेको कांग्रेस–एमाले सहकार्य प्रदेश तहमा टिक्न नसक्ने अवस्था सिर्जना भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। यसले अन्य प्रदेश सरकारहरूमा पनि सत्ता समीकरण फेरबदल हुने सम्भावना बढाएको छ।

राजनीतिक स्रोतका अनुसार एमाले सत्ता साझेदारको जिम्मेवारीअनुसार नचलेको, सहमतिविपरीत निर्णयहरू गरेको तथा प्रदेश सरकार सञ्चालनमा समन्वयको अभाव देखिएको भन्दै कांग्रेस असन्तुष्ट बनेको छ। यही कारण कांग्रेसले अब एमालेसँगको गठबन्धन तोडेर नयाँ विकल्प खोज्ने तयारी थालेको बताइएको छ।

यसैबीच कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग नयाँ सत्ता सहकार्यको सम्भावना खोजिरहेको स्रोतको दाबी छ। दुवै पक्षबीच प्रारम्भिक चरणको संवादसमेत सुरु भएको बताइएको छ। यदि सहमति जुटेमा प्रदेश सरकारहरूमा नयाँ गठबन्धन निर्माण हुने सम्भावना बलियो रहेको राजनीतिक वृत्तमा चर्चा छ।

लुम्बिनी प्रदेशमा पनि बजेटको विषयलाई लिएर कांग्रेस र एमालेबीच मतभेद बढ्दै गएको छ। बजेट वितरण, योजना छनोट र राजनीतिक सहमतिका विषयमा देखिएको असन्तुष्टिले त्यहाँको गठबन्धन पनि संकटतर्फ उन्मुख भएको बताइन्छ। अन्य प्रदेशहरूमा पनि समान प्रकृतिका विवादहरू सतहमा आउन थालेका छन्।

केन्द्रमा कांग्रेस र एमालेबीचको सहकार्य कायम रहे पनि प्रदेश तहमा उत्पन्न भएको अविश्वासले गठबन्धनको भविष्यलाई अन्योलमा पारेको छ। आगामी केही दिनभित्र कांग्रेसले औपचारिक निर्णय लिएमा सातै प्रदेशको सत्ता समीकरणमा व्यापक फेरबदल हुन सक्ने आकलन गरिएको छ।

यद्यपि कांग्रेस, एमाले वा नेकपाले सम्भावित नयाँ गठबन्धनबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। त्यसैले प्रदेश सरकारहरूको भविष्य अब राजनीतिक दलहरूको आगामी निर्णय र छलफलमा निर्भर रहने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४