Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ, सुरक्षा निकायद्वारा अनुसन्धान सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २९ २०८३
  • 855
    SHARES

काठमाडौं । राजधानी काठमाडौंका विभिन्न संवेदनशील स्थानमा सोमबार शंकास्पद रूपमा गाडीहरू पार्किङ गरिएको घटना सार्वजनिक भएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास तथा तीन प्रमुख सञ्चार संस्थाको कार्यालय अगाडि यस्ता गाडीहरू भेटिएपछि सुरक्षा निकाय सतर्क बनेको हो।

प्राप्त जानकारीअनुसार सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि बिहान करिब ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी शंकास्पद रूपमा पार्किङ गरिएको थियो। स्थानीय बासिन्दाका अनुसार उक्त गाडी बाटो नै अवरुद्ध हुने गरी राखिएको थियो, जसका कारण मोटरसाइकलसमेत सहज रूपमा आवतजावत गर्न समस्या भएको थियो।

यस्तै, सोमबार नै कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालयन टेलिभिजनको कार्यालय अगाडि पनि शंकास्पद रूपमा गाडीहरू पार्किङ गरिएको फेला परेको थियो। सूचना प्राप्त भएपछि प्रहरी ती स्थानमा पुगेर गाडीहरू हटाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाको प्रकृति, गाडीहरू पार्किङ गर्ने व्यक्तिहरूको पहिचान, त्यसको उद्देश्य तथा घटनाबीच कुनै सम्बन्ध छ वा छैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ। घटनाहरू नियोजित रूपमा गरिएका हुन् वा केवल संयोगवश भएका हुन् भन्ने निष्कर्षमा पुग्न प्रहरीले सम्बन्धित क्षेत्रका सीसीटीभी फुटेज, सवारी साधनको विवरण तथा अन्य प्रमाणहरू संकलन गरिरहेको बताइएको छ।

हालसम्म ती गाडीहरूमा कुनै विस्फोटक पदार्थ वा अन्य जोखिमयुक्त सामग्री फेला परेको भन्ने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि संवेदनशील राजनीतिक व्यक्तित्वको निवास र प्रमुख सञ्चारगृह अगाडि एकै दिन यस्ता घटना देखिएकाले सुरक्षा निकायले विषयलाई गम्भीर रूपमा लिएको छ।

प्रहरीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद सवारी साधन, वस्तु वा गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा आपत्कालीन नम्बरमा जानकारी गराउन आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको र तथ्य पुष्टि भएपछि आवश्यक विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४