Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२१३औँ भानु जयन्ती: कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम, रामायण वाचनमा पुनम सुनार उत्कृष्ट


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २८ २०८३
  • 570
    SHARES

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा आयोजित कविता तथा रामायण वाचन प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागीहरूले साहित्यिक प्रतिभा प्रस्तुत गरेका थिए।

कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम हुन सफल भइन्। त्यस्तै सञ्चिता शर्मा द्वितीय, राममाया श्रेष्ठ तृतीय तथा दयाराम पौडेल सान्त्वना स्थान प्राप्त गर्न सफल भए।

यसैगरी, रामायण वाचन प्रतियोगितामा पुनम सुनार प्रथम घोषित भइन्। प्रतियोगितामा सुजता पौडेल द्वितीय, सरस्वती डौलीया तृतीय तथा अवानी काफ्ले सान्त्वना स्थान प्राप्त गरे।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी सचिव कृपाहरि लौडारीका अनुसार कविता वाचन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार र रु ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी रामायण वाचन प्रतियोगितातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु १५ हजार, रु १० हजार, रु ५ हजार र रु २ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी समितिले दिएको छ।

विजयी प्रतियोगीहरूलाई पुरस्कार तथा सम्मानपत्र सोमबार आयोजना हुने २१३औँ भानु जयन्ती विशेष समारोहका अवसरमा प्रदान गरिनेछ। समारोहमा साहित्यकार, संस्कृतिकर्मी, जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने आयोजकको अपेक्षा छ।

आदिकवि भानुभक्त आचार्य नेपाली भाषाका प्रथम महाकवि मानिन्छन्। उनले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका थिए। यही योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष असार २९ गते देशभर विभिन्न साहित्यिक, सांस्कृतिक तथा शैक्षिक कार्यक्रम आयोजना गरी भानु जयन्ती मनाउने परम्परा रहिआएको छ।

आयोजकका अनुसार यस्ता प्रतियोगिताले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि बढाउनुका साथै आदिकवि भानुभक्तको साहित्यिक योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४