Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अनुमति बिना भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २८ २०८३
  • 741
    SHARES

काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको पूर्वस्वीकृतिबिना भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ। विभागले ती कम्पनीहरूले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको ठहर गर्दै पहिलो चरणमा सचेत गराउने निर्णय गरेको हो।

विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले श्रमिकलाई विदेश पठाउँदा नेपालका विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था छ। विशेष परिस्थितिमा भारतीय विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आएमा विभागबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था भए पनि केही म्यानपावर कम्पनीहरूले उक्त प्रावधानको पालना नगरेको पाइएको छ।

यही विषयको अध्ययन तथा अनुगमन गर्न विभागले गत चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकहरूको उडान विवरण सबै इजाजतप्राप्त म्यानपावर कम्पनीसँग माग गरेको थियो।

विभागका अनुसार हाल सञ्चालनमा रहेका १ हजार ११७ वटा इजाजतप्राप्त म्यानपावर कम्पनीमध्ये ६७८ वटा कम्पनीले मात्र माग गरिएको विवरण बुझाएका थिए। प्राप्त विवरणको अध्ययन गर्दा तीमध्ये १५९ वटा कम्पनीले विभागको स्वीकृतिबिना भारतका विभिन्न विमानस्थल प्रयोग गरेर नेपाली श्रमिक विदेश पठाएको भेटिएको हो।

उक्त कार्य वैदेशिक रोजगार ऐनविपरीत भएको निष्कर्ष निकाल्दै विभागले पहिलो पटक ती कम्पनीलाई लिखित रूपमा सचेत गराएको जनाएको छ। भविष्यमा यस्ता गतिविधि दोहोरिएमा कडा कानुनी कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।

त्यसैगरी, विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि कारबाहीको दायरामा ल्याएको छ। ती कम्पनीहरूले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराइएको छ। साथै आवश्यक विवरण यथाशीघ्र विभागमा पेश गर्न निर्देशन दिइएको छ।

यसैबीच, विभागले कानून, नियम तथा विभागीय निर्देशन पटक–पटक उल्लंघन गर्दै आएका थप ८ वटा म्यानपावर कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको जनाएको छ। विभागका अनुसार चेतावनीपछि पनि नियम उल्लंघन गर्ने संस्थामाथि क्रमशः जरिबाना, इजाजत निलम्बन वा खारेजीसम्मका कानुनी कारबाही गर्न सकिने व्यवस्था रहेको छ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको प्रक्रियालाई पारदर्शी, सुरक्षित र कानुनसम्मत बनाउन नियमित अनुगमनलाई थप प्रभावकारी बनाइएको जनाएको छ। श्रमिकको सुरक्षा, वैधानिक प्रक्रिया र अभिलेख व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सबै म्यानपावर कम्पनीलाई प्रचलित कानुन, नियम र विभागीय निर्देशनको पूर्ण पालना गर्न विभागले आग्रह गरेको छ।

विभागले भविष्यमा पनि अनुगमनलाई निरन्तरता दिँदै कानुन उल्लंघन गर्ने संस्था तथा व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४