Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 760
    SHARES

काठमाडौं । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को आज यहाँ आयोजित ३० र ३१ औँ वार्षिक साधारण सभा तथा निर्वाचनका क्रममा उनले नेपालको पर्यटन क्षेत्रको विकासमा ठमेलको योगदान महत्वपूर्ण भएको बताए ।

मन्त्री श्रेष्ठले बागमती प्रदेशले पर्यटन प्रवर्द्धन र पर्यटक पूर्वाधारको विकासका लागि आर्थिक वर्ष २०८३/८४ का लागि चार अर्ब बजेट विनियोजन गरेको बताए । उनले ठमेल क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका कतिपय व्यवसायी घरभाडा समेत तिर्न नसक्ने अवस्थामा परेको उल्लेख गदै त्यस्ता व्यवसायीको पनि समस्याका लागि परिषद्ले काम गर्नुपर्ने उल्लेख गरे ।

काठमाडौं महानगरपालिका–१६ की वडाअध्यक्ष रोजिना श्रेष्ठले सुरक्षित, व्यवस्थित र प्रविधियुक्त ठमेल निर्माणका लागि परिषद्ले काम गर्नुपर्नेमा जोड दिइन् । नेपाललाई विश्वस्तरमा चिनाउनका लागि ठमेल क्षेत्रले सहयोग पुर्‍याउँदै आएको उनको भनाइ छ ।

नेपाल एसोसिएसन टुर्र एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष कुमारमणि थपलियाले नेपाल आउने अधिकांश विदेशी पर्यटक ठमेल एक पटक आउने गरेको बताउँदै पछिल्लो समय ठमेल साँघुरो हुँदै गएको बताए । हवाई क्षेत्रमा लगानी नबढ्दासम्म नेपालको पर्यटक क्षेत्रले गति लिन नसक्ने उनको भनाइ थियो ।

परिषद्का अध्यक्ष धु्रव अधिकारीले ठमेल क्षेत्रको विकासका लागि परिषद्ले व्यवसायी र घरधनीसँग सहकार्य गरेर काम गरिरहेको बताए । उनले अन्तर्राष्ट्रिय स्तरको रूपमा रहेको ठमेललाई सङ्घीय सरकारले विशेष योजना बनाएर विकास गर्नुपर्ने उल्लेख गरे ।

परिषद्का पूर्व अध्यक्ष डा रामशरण थपलिया, उपाध्यक्ष सहदेव धमला (विमल), महासचिव बद्री तिमल्सिनालगायतले ठमेल क्षेत्रलाई विशेष पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए । वि.स २०४८ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ५०० भन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४