Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विवादपछि मन्त्री महावीर पुनको घोषणा : ‘एक वर्षसम्म सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन्न’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २७ २०८३
  • 912
    SHARES

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आगामी एक वर्षसम्म अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक कुनै पनि सञ्चारमाध्यमलाई अन्तर्वार्ता नदिने घोषणा गरेका छन्। ट्राफिक जरिबानासम्बन्धी आफ्नो अभिव्यक्तिलाई लिएर विवाद चुलिएपछि उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।

शनिबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पुनले आजदेखि कुनै पनि ठूला–साना युट्युबर, सामाजिक सञ्जाल सञ्चालक वा पत्रकारलाई अति महत्वपूर्ण सार्वजनिक महत्वका विषयबाहेक एक शब्द पनि अन्तर्वार्ता नदिने बताएका छन्।

मन्त्री पुनका अनुसार केही दिनअघि ट्राफिक जरिबानासम्बन्धी विषयमा आफूलाई जानकारी नभएको स्पष्ट पारे पनि युट्युबरहरूले पटक–पटक सोही विषयमा प्रश्न गरेका थिए। उनले आफूले ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनअनुसार जरिबाना गर्नुपर्ने मात्र भनेको दाबी गर्दै ५० हजार रुपैयाँ जरिबानाको प्रसंग आफूले नभई अन्तर्वार्ता लिने पक्षले उठाएको उल्लेख गरेका छन्।

यसअघि एक अन्तर्वार्ताका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजार रुपैयाँसम्म जरिबाना गर्नुपर्ने आशयको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उनको व्यापक आलोचना भएको थियो। उक्त अभिव्यक्तिपछि विभिन्न पक्षबाट चर्को प्रतिक्रिया आएपछि मन्त्री पुनले आफ्नो भनाइ फिर्ता लिँदै सार्वजनिक रूपमा माफीसमेत मागेका थिए।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, “मैले बोलेको कुरा फिर्ता लिन्छु। अचानक त्यसो बोल्दा अज्ञानवश कसैलाई चोट पुगेको भए क्षमा चाहन्छु।”

मन्त्री पुनले सबै नागरिकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियम उल्लंघन गर्नेहरूले पनि आफ्नो व्यवहारबारे आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। साथै, सार्वजनिक अभिव्यक्तिलाई लिएर उत्पन्न भएको विवादपछि आफूले सञ्चारमाध्यमसँग दूरी कायम गर्ने निर्णय गरेको स्पष्ट पारेका छन्।

उनको यो घोषणाले सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सञ्चारमाध्यमसँगको सम्बन्ध, अभिव्यक्ति दिने शैली तथा सार्वजनिक उत्तरदायित्वबारे नयाँ बहस सुरु गराएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४