Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धरान औद्योगिक क्षेत्रमा निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द ५ नयाँ उद्योग थपिए


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २४ २०८३
  • 798
    SHARES

काठमाडौं। लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरी धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग भित्राइएपछि औद्योगिक गतिविधिमा नयाँ उत्साह थपिएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानूनी प्रक्रिया पूरा गर्दै वर्षौंदेखि उत्पादन नगरी सरकारी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता खारेज गरेपछि स्वदेशी लगानीका नयाँ उद्योगहरूलाई स्थान उपलब्ध गराइएको हो।

धरान औद्योगिक क्षेत्र कार्यालयका प्रमुख जीवनारायण बञ्जाडेका अनुसार नयाँ उद्योगहरूबाट करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ। ती उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ। यसले स्थानीय आर्थिक गतिविधि चलायमान बनाउनुका साथै उत्पादनमूलक क्षेत्रको विस्तारमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रमुख बञ्जाडेले औद्योगिक क्षेत्रको प्रभावकारी व्यवस्थापन, निष्क्रिय उद्योगको नियन्त्रण तथा औद्योगिक उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले लामो समयदेखि सञ्चालनमा नआएका उद्योगहरूको अवस्था अध्ययन गरी कानूनी प्रक्रिया अनुसार लिज सम्झौता रद्द गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार उत्पादन नगरी केवल जग्गा ओगटेर बस्ने प्रवृत्तिलाई अन्त्य गर्दै वास्तविक उद्योग सञ्चालन गर्न इच्छुक लगानीकर्तालाई अवसर प्रदान गर्ने नीति कार्यान्वयन गरिएको हो।

धरान औद्योगिक क्षेत्रमा हाल थपिएका नयाँ उद्योगहरूमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका छन्। तीमध्ये सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको प्रमुख बञ्जाडेले जानकारी दिनुभयो।

उहाँका अनुसार नयाँ उद्योगहरूले उत्पादन सुरु गरेपछि औद्योगिक क्षेत्रको उत्पादन क्षमता बढ्नुका साथै स्थानीय बजारमा विभिन्न औद्योगिक सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। साथै, रोजगारी सिर्जनासँगै स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास पनि गरिएको छ।

यसैबीच, लामो समयदेखि निष्क्रिय रहेका नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता औपचारिक रूपमा रद्द गरिएको छ। ती उद्योगहरूले निर्धारित उद्देश्यअनुसार उत्पादन सञ्चालन नगरेको र औद्योगिक क्षेत्रको जग्गा उपयोगविहीन बनाएको निष्कर्षपछि व्यवस्थापनले सम्झौता खारेज गर्ने निर्णय गरेको हो।

धरान औद्योगिक क्षेत्रमा गरिएको यो कदमलाई निष्क्रिय उद्योग हटाएर उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिने नीतिको महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ। यसबाट अन्य औद्योगिक क्षेत्रमा पनि निष्क्रिय उद्योगहरूको पुनरावलोकन गरी उत्पादनशील लगानीलाई प्रोत्साहन गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ।

सरकारले औद्योगिकीकरण, स्वदेशी उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिरहेका बेला धरान औद्योगिक क्षेत्रमा नयाँ उद्योगको प्रवेशलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको छ। उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आएपछि स्थानीय उत्पादन वृद्धि, राजस्व संकलन तथा औद्योगिक विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४