Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाई


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार २३ २०८३
  • 494
    SHARES

काठमाडौं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई औपचारिक रूपमा बिदाई गरेको छ। आयोगको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारी, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थितिमा उहाँको कार्यकालको समीक्षा गर्दै योगदानको उच्च प्रशंसा गरिएको हो।

बिदाई कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफ्नो कार्यकालभर आयोगको गरिमा, विश्वसनीयता र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको भन्दै आभार तथा कृतज्ञता व्यक्त गर्नुभयो।

प्रवक्ता भट्टराईले भण्डारीलाई मृदुभाषी, इमानदार, अनुभवी कानूनविद् तथा कठिन परिस्थितिमा सही मार्गनिर्देशन गर्ने अभिभावकीय व्यक्तित्वका रूपमा चित्रण गर्नुभयो। उहाँले राष्ट्रिय चुनौती र संवेदनशील राजनीतिक अवस्थाहरूमा संयमित नेतृत्व प्रस्तुत गर्दै आयोगलाई सही दिशामा अघि बढाउन उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो।

उहाँका अनुसार राष्ट्र विभिन्न राजनीतिक तथा संवैधानिक परीक्षाबाट गुज्रिरहेका बेला भण्डारीले आफ्नो अनुभव, कानुनी ज्ञान र नेतृत्व क्षमतामार्फत आयोगलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सफल हुनुभएको थियो। त्यसैले उहाँको कार्यशैलीले निर्वाचन आयोगप्रति जनविश्वास कायम राख्न महत्वपूर्ण भूमिका खेलेको प्रवक्ता भट्टराईले उल्लेख गर्नुभयो।

प्रवक्ता भट्टराईले आयोगमा नियुक्त हुनुअघि नै वरिष्ठ अधिवक्ताका रूपमा स्थापित व्यक्तित्व रहनुभएका भण्डारीको कानुनी दक्षता आयोगमा रहँदा झन् परिपक्व र प्रभावकारी बनेको बताउनुभयो। आयोगमा प्राप्त अनुभव, संस्थागत नेतृत्व तथा निर्वाचन व्यवस्थापनसम्बन्धी सीपले आगामी सार्वजनिक जीवनमा पनि उहाँलाई थप सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँको सुखद, स्वस्थ र सक्रिय भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफ्नो कार्यकालमा आयोगका सम्पूर्ण पदाधिकारी, कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल तथा सरोकारवालाहरूबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको बताइएको छ। उहाँले लोकतान्त्रिक प्रणालीको आधार निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन भएकाले त्यसको संरक्षणमा सबै पक्षको साझा दायित्व रहने धारणा राख्नुभएको स्रोतले जनाएको छ।

भण्डारीको नेतृत्व विशेषगरी २०८२ साल भदौमा जेनजी आन्दोलनपछि उत्पन्न जटिल राजनीतिक परिस्थितिका बेला निकै महत्वपूर्ण मानिएको छ। आन्दोलनपछिको असहज अवस्थाबीच राष्ट्रपतिबाट फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समयमै र सफलतापूर्वक सम्पन्न गराउन उहाँले निर्णायक नेतृत्व गर्नुभएको थियो।

निर्वाचन हुने वा नहुने भन्ने अन्योल कायम रहेको अवस्थामा उहाँले राजनीतिक दल, सम्बन्धित निकाय तथा आन्दोलनरत जेनजी पुस्तासँग संवाद र समन्वयलाई प्राथमिकता दिँदै निर्वाचन प्रक्रियालाई निर्धारित समयमै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताइएको छ। उहाँको नेतृत्वमा सम्पन्न निर्वाचनलाई लोकतान्त्रिक प्रक्रिया निरन्तरतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा समेत हेरिएको छ।

निर्वाचन आयोगले भण्डारीको नेतृत्वले संस्थागत क्षमता अभिवृद्धि, निर्वाचन व्यवस्थापनको विश्वसनीयता कायम राख्ने तथा लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउन उल्लेखनीय योगदान पुर्‍याएको निष्कर्षसहित उहाँको भावी जीवन सफल र सक्रिय रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४