Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इमान्दार प्रयास भए पार्टीभित्रको विवाद समाधान गर्न सकिन्छ : डा. महत


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २२ २०८३
  • 361
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेतृत्व तहमा गम्भीर र इमान्दार संवादको आवश्यकता औँल्याउनुभएको छ ।

सोमवार संस्थापन इतर पक्षको बैठकपछि सञ्चारकर्मीहरुसँग आफ्ना धारणा राख्दै नेता महतले बाहिर चर्चाका लागि मात्र नभई वास्तविक निष्कर्ष निकाल्ने उद्देश्यले वार्तामा बस्नुपर्नेमा जोड दिनुभयो । महतले अहिलेसम्मका वार्ता र छलफलहरू ठोस निष्कर्षमा पुग्न नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँकाअनुसार बैठकमा सहमति खोज्ने तर बाहिर निस्किएपछि फरक ढङ्गले प्रस्तुत हुने प्रवृत्तिले एकता प्रक्रियामा अवरोध सिर्जना गरेको छ ।

उहाँले भन्नुभयो, ‘कुन विषयमा सहमति जुट्न सक्छ र कुनमा सक्दैन भन्ने स्पष्ट हुन एकै ठाउँ बसेर छलफल गर्नुपर्छ । मिडिया वा सार्वजनिक खपतका लागि मात्र नभई साँचो मनले सम्मानजनक एकताका लागि वार्ता आवश्यक छ ।’

पार्टी समायोजन र क्रियाशील सदस्यता अद्यावधिकका विषयमा देखिएका मतभेदबारे चर्चा गर्दै डा। महतले ती मुद्दाहरू संवादको माध्यमबाट हल गर्न सकिने दाबी गर्नुभयो । उहाँले केवल प्रचारका लागि मात्र एकताको कुरा गरेर कुनै अर्थ नहुने भन्दै गम्भीर भएर वार्ताको टेबुलमा आउन र पार्टीलाई एकढिक्का बनाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४