Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार संविधान र संघीयता मास्ने दिशातर्फ अघि बढ्दैछ : पुष्पकमल दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २१ २०८३
  • 513
    SHARES

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाउनुभएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उपत्यका प्रदेश समितिले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उक्त जिकिर गर्नुभएको हो ।

वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढिरहेको संयोजक दाहालको भनाई छ ।

उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउने, विद्यार्थी युनियनहरु खारेज गर्ने, ट्रेड युनियन अधिकारहरु खोस्ने, देशको सीमानाको विषयमा जथाभावी बोल्ने काम गरेपछि आफूले एक पटक संसदमा बोलेको र अब सरकारबारे बोल्ने धेरै विषयवस्तुहरु भएकाले आफूले संसदमा पनि धेरै विषयहरु बोल्ने पनि बताउनु भयो । संयोजक दाहालले सरकार गलत बाटोमा गएकाले त्यस विरुद्ध आन्दोलनमा जुर्मुराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सरकार भर्खरै बनेर केही केही काम गरेँ । सुकुम्बासी, विद्यार्थी, ट्रेड युुनियन, सीमाना भएपछि मैले एकचोटी पार्लियामेण्टमा बोलेँ । तपाईंहरुले सुन्नुभएको छ । अब फेरि बोल्दैछु । अब धेरै सामग्री तयार भएको छ । यो सरकार सुशासन र विकासको निम्ति होइन, यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने र संविधान मास्ने दिशातिर अगाडि बढ्दैछ ।

खवरदार, तपाईंहामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आईलागेको छ । त्यो जुर्मुराउनका लागि मैले अघि भनेजस्तो गल्ती कहाँ भयो भन्दा हामीले वर्ग संघर्ष, विचार र रणनीतिलाई वेवास्ता ग¥यौँ । र, कार्यनीति दिनदिनकोमा रमायौँ । र हामी विग्रियौ । त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्दछ । मैले अरुलाई भनेर सुख पाउँदिन । किनभने ३ चोटी प्रधानमन्त्री म आफैँ भइसकेको छु । अरुलाई केही भनिन । त्यही भएर हैरान भएर मैले सबै मिलेर मलाई छिटो हटाई दिनुस् न भन्न पनि आउँछ कोही बेला ।’ अध्यक्ष दाहालले आफूहरुले विगतमा वर्ग संघर्ष, विचार र रणनीतिलाई भुल्ने गम्भिर गल्ती गरेको स्वीकार गर्दै त्यस भूलबाट शिक्षा लिएर अघि बढ्ने पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४