Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्रकको फल्स बटमबाट गाँजा बरामद, दुई जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २१ २०८३
  • 798
    SHARES

एजेन्सी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले असार २० गते गाँजा जस्तो देखिने बस्तुसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरूमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही गाउँपालिका –६ बस्ने २१ वर्षीय विपस नेगी छन् ।

उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन् । उक्त टोलीले धनकुटाको भेडेटारबाट महोत्तरीको जलेश्वर हुँदै पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्बरको ट्रकलाई रोक्न खोज्दा नरोकी तीव्र गतिमा भागेको थियो । फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।

सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शङ्कास्पद देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याबिनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्डल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो ।

साथै उनीहरूको साथबाट नेपाली रुपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट, मोबाइल थान २ थान तथा ट्रक र मोटरसाइकलको ब्लुबुक समेत फेला परेको छ ।

नियन्त्रणमा लिइएका दुबैजनालाई आवश्यक कारवाहीको लागी उक्त ट्रक तथा सामानसहित सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४