Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न, लागूऔषध दुर्व्यसनविरुद्ध सशक्त सन्देश दिने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २० २०८३
  • 1.3K
    SHARES

काठमाडौं । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण हुन लागेको नेपाली सामाजिक चलचित्र ‘बिषहरण’ को कलाकार छनोट (अडिसन) सम्पन्न भएको छ। क्रिएटिभ विङ्स प्रोडक्सन हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रका लागि आयोजित अडिसनमा नयाँ तथा अनुभवी कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको निर्माण पक्षले जनाएको छ।

शनिबार सम्पन्न अडिसनमा करिब ४० जना कलाकारले सहभागिता जनाएका थिए। अभिनय क्षेत्रमा स्थापित कलाकारसँगै नयाँ प्रतिभाहरूले पनि चलचित्रका विभिन्न पात्रका लागि आफ्नो अभिनय क्षमता प्रस्तुत गरेका थिए। निर्माण पक्षका अनुसार अडिसनबाट चलचित्रको कथाअनुसार उपयुक्त कलाकार छनोट गर्ने प्रक्रिया पूरा गरिएको छ।

चलचित्रको अडिसनमा नेपाली चलचित्र क्षेत्रका अनुभवी व्यक्तित्वहरू निर्णायक (जज) का रूपमा सहभागी भएका थिए। सहभागी कलाकारको अभिनय, संवाद प्रस्तुति, पात्रअनुसारको अभिव्यक्ति तथा अभिनय क्षमताका आधारमा मूल्याङ्कन गरिएको निर्माण पक्षले जनाएको छ।

चलचित्र ‘बिषहरण’ को निर्देशन अनिल कजासुले गर्दैछन्। सामाजिक विषयवस्तुमा आधारित चलचित्र निर्माण गर्ने उद्देश्यका साथ तयार पारिएको यस चलचित्रले पछिल्लो समय समाजमा बढ्दै गएको लागूऔषध दुर्व्यसनको समस्या, त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभाव तथा त्यसबाट मुक्त भएर नयाँ जीवन सुरु गर्न सकिने सम्भावनालाई चित्रण गर्नेछ।

चलचित्रको निर्माण क्रिएटिभ विङ्स प्रोडक्सन हाउस प्रा.लि.ले गरिरहेको छ भने एमबी राउत सह–निर्माताका रूपमा रहेका छन्। निर्माण पक्षले चलचित्रका मुख्य कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन। अडिसनबाट छनोट भएका कलाकारको अन्तिम सूची आवश्यक प्रक्रिया पूरा भएपछि सार्वजनिक गरिने जनाइएको छ।

निर्माण टिमका अनुसार ‘बिषहरण’ मनोरञ्जन मात्र नभई समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले निर्माण हुन लागेको चलचित्र हो। विशेषगरी युवापुस्तामा बढ्दो लागूऔषधको प्रयोग, त्यसका कारण परिवारमा उत्पन्न हुने समस्या, सामाजिक असर तथा पुनःस्थापनाको सम्भावनालाई यथार्थपरक ढङ्गले प्रस्तुत गरिनेछ।

निर्माण पक्षले चलचित्रमार्फत लागूऔषधको कुलतमा फस्नुभन्दा त्यसबाट टाढा रहन र लतमा परेकालाई समयमै उपचार तथा पुनःस्थापनामार्फत सामान्य जीवनमा फर्काउन सकिने सन्देश प्रवाह गर्ने लक्ष्य लिएको जनाएको छ। चलचित्रले युवालाई सकारात्मक सोच, आत्मविश्वास र जिम्मेवार जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास निर्माण टिमको छ।

अडिसन सम्पन्न भएसँगै चलचित्रको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा अघि बढाइएको छ। कलाकारहरूको अन्तिम छनोट, कार्यशाला तथा छायांकनको तयारी अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ। चलचित्रको छायांकन छिट्टै सुरु गरिने भए पनि प्रदर्शन मिति भने हालसम्म सार्वजनिक गरिएको छैन।

सामाजिक चेतनामूलक कथावस्तुलाई केन्द्रमा राखेर निर्माण हुन लागेको ‘बिषहरण’ ले मनोरञ्जनसँगै समाजमा सकारात्मक परिवर्तनको सन्देश दिन सक्ने अपेक्षा निर्माण टिमले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४