Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाबाट विनियोजन र आर्थिक विधेयक पारित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २० २०८३
  • 456
    SHARES

काठमाडौं । बागमती प्रदेशसभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत प्रदेश विनियोजन विधेयक, २०८३ र प्रदेश आर्थिक विधेयक, २०८३ बहुमतले पारित गरेको छ। शनिबार बसेको प्रदेशसभा बैठकले दुवै विधेयक पारित गर्दै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुला गरेको हो।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। प्रस्तावमाथि छलफलपछि बहुमतले विधेयक पारित गरेको हो।

यसअघि प्रदेशसभा सदस्य ईश्वर सापकोटा, श्रृजना सैजु र रत्नप्रसाद ढकालले सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटका विभिन्न शीर्षकमा विनियोजन गरिएको रकम कटौती गर्नुपर्ने प्रस्ताव राख्नुभएको थियो। तर उक्त खर्च कटौतीका प्रस्तावहरू प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको छ।

त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रदेश आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो। बैठकमा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो।

छलफलका क्रममा प्रदेशसभा सदस्य श्रृजना सैजु, रत्नप्रसाद ढकाल र नुरज बज्राचार्यले आर्थिक विधेयकका केही व्यवस्थाप्रति सुझाव राख्नुभएको थियो। उहाँहरूले विशेषगरी यातायात क्षेत्रसँग सम्बन्धित कर तथा शुल्कका विषयमा ध्यानाकर्षण गराउँदै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणलगायतका सेवामा थप करको भार पर्न सक्ने भएकाले त्यसतर्फ सरकारले पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँहरूले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने गरी कर तथा शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको थियो। बढ्दो आर्थिक भारले सर्वसाधारण उपभोक्तालाई प्रत्यक्ष असर पार्ने भएकाले आवश्यक संशोधन गर्नुपर्ने सुझाव पनि उहाँहरूले दिनुभयो।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले राज्य सञ्चालनका लागि कानुनअनुसार करको दायरा निर्धारण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। आवश्यकताअनुसार केही कर तथा शुल्कमा हेरफेर गर्न सकिने भए पनि त्यसबाट प्राप्त हुने स्रोत नागरिकलाई गुणस्तरीय सेवा प्रवाहमा खर्च गरिने उहाँको भनाइ थियो।

मन्त्री तामाङले प्रदेश सरकारले राजस्व वृद्धि र सेवा विस्तारबीच सन्तुलन कायम गर्ने नीति लिएको उल्लेख गर्दै आगामी दिनमा नागरिकलाई अझ प्रभावकारी सेवा उपलब्ध गराइने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित विभिन्न मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ दिनुभएको थियो।

प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंले बैठकका सबै कार्यसूची सम्पन्न भएपछि अर्को बैठकको मिति सूचना जारी गरेर तय गरिने जानकारी दिँदै शनिबारको बैठक स्थगित गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४