Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरूरीः सभापति थापा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १९ २०८३
  • 817
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको शिक्षा क्षेत्र सुधारका लागि विद्यालयलाई दलगत प्रभाव र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। उहाँले शिक्षा क्षेत्रमा बढ्दो राजनीतिकरण र दलीयकरण नै गुणस्तरीय शिक्षा विकासको प्रमुख बाधक बनेको धारणा व्यक्त गर्नुभयो।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले विद्यालय व्यवस्थापनदेखि शिक्षक नियुक्तिसम्म दलगत प्रभाव हाबी हुँदा शिक्षा प्रणाली कमजोर बन्दै गएको बताउनुभयो।

उहाँका अनुसार विद्यालय व्यवस्थापन समिति गठन, प्रधानाध्यापक नियुक्ति तथा शिक्षक छनोटजस्ता महत्वपूर्ण विषयमा राजनीतिक दलको प्रभाव बढ्दै जाँदा शैक्षिक संस्थाको स्वायत्तता कमजोर भएको छ। यसले शिक्षा क्षेत्रमा योग्यताभन्दा राजनीतिक पहुँचलाई प्राथमिकता दिने प्रवृत्ति बढाएको र समग्र शिक्षा प्रणालीलाई नकारात्मक असर पारेको उहाँको भनाइ थियो।

सभापति थापाले शिक्षा आफैंमा एउटा राजनीतिक मुद्दा भए पनि त्यसलाई दलगत स्वार्थको माध्यम बनाउन नहुने स्पष्ट पार्नुभयो। समुन्नत नेपाल निर्माणका लागि शिक्षा क्षेत्रले खेल्न सक्ने भूमिका, गुणस्तरीय शिक्षाको आवश्यकता तथा दीर्घकालीन शैक्षिक सुधारबारे राजनीतिक वृत्तमा गम्भीर र सार्थक बहस हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले मुलुकको समृद्धि, आर्थिक विकास र दक्ष जनशक्ति उत्पादनका लागि शिक्षा क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सरकार, राजनीतिक दल, शिक्षाविद् र सरोकारवालाबीच साझा धारणा निर्माण आवश्यक रहेको बताउनुभयो।

सभापति थापाले पछिल्लो समय कक्षा १० र कक्षा १२ को परीक्षाफल प्रकाशनमा देखिएका समस्या प्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो। सरकारले छिटो नतिजा सार्वजनिक गर्नुलाई मात्र उपलब्धि ठानेर आवश्यक तयारी र गुणस्तरीय मूल्याङ्कनमा ध्यान नदिँदा हजारौं विद्यार्थी समस्यामा परेको उहाँको भनाइ थियो।

परीक्षाफल प्रकाशनमा देखिएका त्रुटि, विद्यार्थीले भोग्नुपरेका समस्या तथा त्यसबाट सिर्जित अन्योलबारे संसदमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराइने पनि उहाँले जानकारी दिनुभयो। शिक्षा क्षेत्रमा देखिएका संरचनात्मक समस्या समाधान गर्दै गुणस्तरीय, निष्पक्ष र प्रतिस्पर्धी शिक्षा प्रणाली निर्माण गर्न सबै पक्षले साझा प्रतिबद्धताका साथ अघि बढ्नुपर्नेमा सभापति थापाले जोड दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४