Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप फुटबलमा आज राति अस्ट्रेलिया र इजिप्टबीच प्रतिस्पर्धा हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १९ २०८३
  • 418
    SHARES

काठमाडाैं । फिफा विश्वकप फुटबलको विश्वकप फुटबलकाे नकआउटमा शुक्रबार राति अस्ट्रेलिया र इजिप्टबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

अमेरिकाको डालास रङ्गशालामा शुक्रबार राति पौने १२ बजेदेखि अस्ट्रेलिया र इजिप्टबीच प्रतिस्पर्धा हुने भएकाे हाे। अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । विश्वकपमा अस्ट्रेलिया र इजिप्टबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। यसअघि अस्ट्रेलिया र इजिप्टबीच २ पटक भेट भएकाेमा दुवै टाेलीले १-१ खेल जितेका छन् ।

त्यस्तै, नकआउट चरणमा शनिबार बिहान साविक विजेता अर्जेन्टिना र केब भर्डेबीच प्रतिस्पर्धा हुने भएकाे हाे। अमेरिकाको मियामी रङ्गशालामा शनिबार बिहान पौने ४ बजेदेखि अर्जेन्टिना र केब भर्डेबीच प्रतिस्पर्धा हुने भएकाे छ । अर्जेन्टिना समूह ‘जे’ को विजेता र केब भर्डे समूह ‘एच’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ ।

पहिलाे पटक विश्वकप खेलिरहेकाे केब भर्डे समूह चरणको पहिलाे खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो । स्पेनका खेलाडीले प्रहार गरेका २७ मध्ये ७ वटा गोलपोस्टभित्र थिए । तर केब भर्डेका गाेलकिपर भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै सन् २०१० को विजेता स्पेनलाई बराबरीमा रोकेका थिए ।

याे विश्वकपमा अर्जेन्टिनाका लियाेनल मेसीले ६ गाेल गरिसकेका छन् । केब भर्डेका लागि मेसीलाई राेक्नु ठूलाे चुनाैती हुने भएकाे हाे। याे विश्वकपमा ४ वटा टाेली नयाँ थिए । केब भर्डे नकआउटमा पुग्दा कुरासाओ, जाेर्डन र उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिएका छन् ।

त्यस्तै, विश्वकप फुटबलको नकआउटमा शनिबार बिहान कोलम्बिया र घानाबीच पनि प्रतिस्पर्धा हुने भएकाे हाे । यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा शनिबार बिहान सवाँ ७ बजेदेखि कोलम्बिया र घानाबीच तिस्पर्धा हुने भएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४