Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिका बोस्नियालाई पराजित गर्दै विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १८ २०८३
  • 684
    SHARES

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ को आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

एरिया स्टेडियममा बिहीबार बिहान सम्पन्न भएकाे खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २-० गाेलले पराजित गरेकाे हाे । अमेरिकाका फोलारिन बलोगुनले ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि उनले ३१औँ मिनेटमा गरेको गोल अफसाइड ठहरिएपछि मान्यता पाएको थिएन । खेलको ६४औँ मिनेटमा गोलकर्ता बलोगुनले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनुपरेको थियो। त्यससँगै अमेरिका बाँकी समय १० खेलाडीमा सीमित भएर खेलेको थियो।

त्यस्तै, ७९औँ मिनेटमा क्रिस्टियन पुलिसिकले बल पोस्टमा छिराए पनि अफसाइडका कारण गोलले मान्यता पाएन । त्यसपछि ८१औँ मिनेटमा मलिक टिलम्यानले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाएका थिए । १० खेलाडीमा रहेर पनि अमेरिका २–० को जित निकाल्न सफल भयो।

अब अमेरिकाले प्रि–क्वाटरफाइनलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । यस अघि बिहीबार बिहानै भएकाे अर्काे बेल्जियमले सेनेगलसँगको खेलमा पुनरागमन जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको हाे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४