Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टोखा नगरपालिकाका मेयरमाथि बजेट दुरुपयोगको आरोप, सार्वजनिक बाटोमै व्यक्तिगत प्रयोजनका लागि संरचना बनाएको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १७ २०८३
  • 950
    SHARES

काठमाडौं । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी माथि आफ्नो पदको दुरुपयोग गर्दै नगरपालिकाको बजेट व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोप लागेको छ ।

स्थानीयवासीका अनुसार आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका लागि छुट्याइएको बजेट व्यक्तिगत हितमा प्रयोग गरिएको भन्दै मेयर अधिकारीमाथि प्रश्न उठेको हो । उनीहरूले सार्वजनिक स्रोतको प्रयोग पारदर्शी र जनहितमा हुनुपर्ने भन्दै यस विषयमा छानबिनको माग गरेका छन् ।

स्थानीयका अनुसार मेयर अधिकारीको घरतर्फ डाँडाबाट आउने भलपानीको समस्या समाधान गर्ने भन्दै वडा नं. १० को बजेटबाट सार्वजनिक बाटोमै च्याम्बर निर्माण गरिएको आरोप छ । उक्त संरचना निर्माणका क्रममा महेन्द्रेश्वर मन्दिर जाने सार्वजनिक बाटो करिब १० दिनसम्म बन्द गरिएको स्थानीयको भनाइ छ ।

एक स्थानीयले आरोप लगाउँदै भने, “घरमा भलपानी पस्ने समस्या भए व्यक्तिगत खर्चमा समाधान गर्नुपर्ने हो । तर सार्वजनिक रकम प्रयोग गरेर व्यक्तिगत समस्या समाधान गर्न खोजिएको देखिन्छ । धार्मिक स्थल जाने सार्वजनिक बाटो नै बन्द गरेर वडा बजेट खर्च गर्नु उचित होइन ।”

स्थानीयवासीहरूले यस कार्यमा वडा नं. १० का वडाध्यक्ष मचाकाजी महर्जन को समेत संलग्नता रहेको आरोप लगाएका छन् । उनीहरूको दाबीअनुसार सार्वजनिक आवश्यकता भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदै बजेट खर्च गरिएको हो ।

यस विषयमा स्थानीयहरूले सम्बन्धित निकायसँग निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनीहरूले छानबिनबाट आरोप पुष्टि भए मेयर अधिकारी र वडाध्यक्ष महर्जनमाथि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन् ।

यता, आरोपबारे सम्बन्धित पक्षको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन । बजेट खर्च, निर्माण प्रक्रिया र सार्वजनिक संरचना प्रयोगसम्बन्धी विषयमा सम्बन्धित निकायको छानबिनपछि मात्रै वास्तविक अवस्था स्पष्ट हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४