Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेट्रोल, डिजेल-मट्टितेल-हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घट्याे (विज्ञप्तिसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १७ २०८३
  • 779
    SHARES

काठमाडाैं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य घटाएको हो । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेको छ ।

योसँगै पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी-वीरगञ्जमा पेट्रोल प्रतिलिटर १ सय ९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल १ सय ९२ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग सुर्खेत-दाङमा पेट्रोल प्रतिलिटर १ सय ९६ रुपैयाँ, डिजेल, मट्टितेल १ सय ९४ रुपैयाँ , तेस्रो वर्ग काठमाडाैं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ९५ रुपैयाँ कायम गरिएकाे हाे ।

आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको छ । त्यसैगरी खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर एक सय रुपैयाँ घटाइएको हाे ।

खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रतिसिलिन्डर अर्थात् १४ दशमलव २ किलोको २ हजार ६० रुपैयाँ पर्ने भएकाे छ। यसअघि ग्यासको मूल्य दुई हजार एक सय ६० रुपैयाँ रहेको थियो । त्यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ सय २९ रुपैयाँ कायम गरिएकाे निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरिएकाे हाे।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य काठमाण्डौका लागि प्रतिकिलोलिटर दुई सय ६५ अमेरिकी डलरले घटाएर एक हजार ५ सय ६६ डलर कायम गरिएको छ । पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ‘ब्रेकइभन पोइन्ट’ (नाफा घाटा नहुने बिन्दु) मा बिक्री मूल्य कायम गरेको जनाएको हाे ।

जस अनुसार अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पोखरामा एक हजार एक सय डलर र भैरहवामा एक हजार ८५ डलर तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४