Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसदको आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १४ २०८३
  • 1.2K
    SHARES

काठमाडौँ । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन् ।

सांसद कँडेलले राष्ट्रियता र राजनीतिक प्रतिशोधका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद कँडेलले गत जेठ १७ गते संसदमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले दिएको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरे । प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भनी दिएको बयान राष्ट्रघाती भएको कँडेलको दाबी छ ।

उनले उक्त अभिव्यक्तिले भविष्यमा दुई देशबीच हुने वार्तामा नेपालको विपक्षमा प्रमाणको रूपमा काम गर्न सक्ने खतरा औँल्याउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त भनाइ संसदको अभिलेखबाट हटाउनुपर्ने माग गरे ।

उनले भने ‘देशको प्रधानमन्त्रीले सम्बन्धित पक्षले समेत नउठाएको र कतै चर्चा नभएको विषयमा नेपालले भारतको भूमि मिचेको भनी संसदमा बोल्नु गम्भीर षडयन्त्रको संकेत हो । विष्णु पौडेल बेकसुर हुनुहुन्छ । सरकारले आफ्ना कमजोरी लुकाउन र अन्तर्राष्ट्रिय निकाय ९एफएटीएफ० लाई देखाउनका लागि मात्र उच्च ओहदाका व्यक्ति पक्राउ गरेको नाटक गरिरहेको छ। यो नेकपा एमालेलाई बदनाम गर्ने कुत्सित मनसायले प्रेरित छ ।’

नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरिएको विषयमा पनि सांसद कँडेलले कडा विरोध जनाए । उनले यस गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र विपक्षीलाई तर्साउने रणनीतिको रूपमा व्याख्या गरे । उनले पौडेलको तत्काल रिहाइको माग समेत गरे ।

सांसद कँडेलले मन्त्रीहरूले सचिवालयमा नौ जनासम्म सल्लाहकार र निजी सचिव राख्न पाउने गरी तयारी भइरहेको भन्ने समाचारप्रति पनि प्रश्न उठाए । यदि यो सत्य हो भने यो ‘नीतिगत भ्रष्टाचार’ को पराकाष्ठा हुने उनको टिप्पणी थियो । सरकारले एकातिर वास्तविक अपराधीलाई उन्मुक्ति दिने र अर्कोतिर करका दरमा सूचना चुहावट गरी बिचौलियालाई लाभ पुर्याउने काम गरिरहेको आरोप लगाउँदै कँडेलले सरकारको कार्यशैली निन्दनीय रहेको बताए ।

उनले प्रधानमन्त्री कार्यालय मातहत रहेका छानबिन निकायहरूलाई राजनीतिक हतियार नबनाउन समेत चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४