Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दृष्टिविहीनहरूको धर्ना छैटौँ दिनमा: सरकारको ध्यानाकर्षण नभएको गुनासो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १३ २०८३
  • 855
    SHARES

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा दृष्टिविहीनहरूले सुरु गरेको आन्दोलन छैटौँ दिनमा पनि जारी रहेको छ ।

आफ्ना मागहरूप्रति सरकारको ध्यानाकर्षण गराउन ६ दिनदेखि धर्नामा बसेका प्रदर्शनकारीहरूले राज्यको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । धर्नामा सहभागी दृष्टिविहीन सूर्य लिम्बूले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र आन्तरिक व्यस्तताका कारण सरकारले आफूहरूको आवाज नसुनेको हुनसक्ने टिप्पणी गरे ।

अबका दिनमा भने सरकारले आफूहरूको माग सम्बोधन गर्नेमा आशावादी रहेको बताए । लिम्बूले सम्बन्धित निकाय र जिम्मेवार व्यक्तिहरूले माइतीघरमा भइरहेको प्रदर्शनलाई बेवास्ता गरेको आरोप समेत लगाए । उनले बाह्य जिल्लाका सामान्य गतिविधिमा चासो राख्नेहरूले राजधानीको मुटुमा भइरहेको न्यायोचित आन्दोलनलाई नजरअन्दाज गरेको गुनासो गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ९दृष्टिबिहिन० रमेश प्रसाईँले बाहिरी जिल्लामा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले एक हातले बाइक चलाएको देख्ने तर काठमाडौँमा आफूजस्तै दृष्टिबिहीनहरुले गरिरहेको प्रदर्शन नदेखेको टिप्पणी गरे ।

उनले भने ‘आज हामीले यो आन्दोलनलाई छैटौँ दिनसम्म ल्याई पुर्यायौँ । सरकारले अब आजबाट सुन्छ कि भन्ने आशा गर्नसक्छौं हामीले । किनभने रास्वपाको महाधिवेशनमा व्यस्त हुनुहुन्थ्यो होला उहाँहरू । हाम्रो समाचार हेरेर पनि उहाँहरूले केही भन्नुहुन्छ कि भनेर हामी एकदम कान हाम्रा ठाडा ठाडा छन् । रमेश प्रसाईँ चाहिँ हेर्छन्, हामी प्रतीक्षा गर्दैछौं, कहिले हाम्रो कानमा यो समाचार गुञ्जिन्छ भनेर । उहाँसँग हामीले खासै केही आशा गरेका छैनौँ किनभने उहाँ उदयपुरमा हर्क साम्पाङले एक हातले मोटरसाइकल चलाएको देख्नुहुन्छ, माइतीघर मण्डलामा हाम्रो धर्ना देख्नुहुन्न भनेपछि के आशा गर्ने होला तपाईँ आफैँ कल्पना गर्नुहोस् ।’

प्रदर्शनरत दृष्टिविहीनहरूले सरकारले चाँडै वार्ताको वातावरण सिर्जना गरी आफ्ना मागहरू पूरा गर्ने समाचार सुन्न प्रतीक्षारत रहेको बताएका छन् । ६ दिनदेखि सडकमा रहेका उनीहरूले माग सम्बोधन नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४