Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स समूह आइको विजेता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १३ २०८३
  • 494
    SHARES

काठमाडौँ । फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार जित निकालेको छ ।

शनिबार बिहान सम्पन्न समूहचरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले हराउँदै फ्रान्स समूहको विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरेका थिए । नर्वेका थेलो आसगार्डले एक गोल फर्काएका थिए । फ्रान्सका डेम्बेलेले खेलको सातौँ मिनेटमा पहिललो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, उनले २०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । त्यसपछि २१औँ मिनेटमा नर्वेका आसगार्डले गोल फर्काउँदै खेललाई २–१ गोलको स्थितिमा ल्याए ।

यसैगरी, ३२औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेसिरे डुएले गोल गर्दै फ्रान्सलाई ४–१ गोलको जित दिलाए ।

यो जितसँगै समूह चरणका तीनवटै खेलमा शतप्रतिशत जित निकाल्दै फ्रान्स ९ अंकसहित समूह विजेता बनेको छ । यस्तै, पराजित भएको नर्वे ६ अंकका साथ उपविजेता बन्यो । समूह चरणको तेस्रो खेल नखेल्दै यी दुई टोली नकआउट चरणमा पुगिसकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४