रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा फोर्स जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् ।
शुक्रबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको मुसिकोट खलङ्गातर्फ जाँदै गरेको लु २ ख ४९८० नम्बरको फोर्स जीप अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएका सबैको उपचार जिल्ला अस्पताल सल्लेमा भइरहेको छ । घाइतेहरूको अवस्था र पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले घटनास्थलको अवस्था, सवारी साधनको गति तथा अन्य प्राविधिक पक्षबारे अध्ययन गरिरहेको जनाएको छ ।